- ADVERTISEMENT -

‘कारागारमा रहेका ५० प्रतिशत कैदी निर्दोष छन्’ : महरा

February 17, 2020
1188
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ फागुन २०७६ । पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कैदी निर्दोष रहेको बताएका छन् ।

जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका महराले कैदीहरूसँग बिदाइ भेट गर्दै यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले निर्दोष भए पनि जेल जीवन बिताइरहेका कैदीलाई छुटाउन पहल गर्ने आश्वासन पनि दिए । ‘मैले यहाँ (डिल्लीबजार कारागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कैदी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।

अहिले डिल्लीबजार कारागारभित्र महरालाई बिदाइ गर्ने कार्यक्रम भइरहेको छ । पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाले खादा लगाएर महरालाई बिदाइ गरे ।

- ADVERTISEMENT -

Advertisement

महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए ।

अहिले डिल्लीबजार कारागारअगाडि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा महराका शुभचिन्तकको भीड लागेको छ । अहिले उनीहरू महरालाई स्वागत गर्न बाहिर भेला भएर बसेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -