Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:०० बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा तानिएका बिजुलीका तार भुमिगत गरिदै

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

1008
Shares

काठमाडौं, ५ फागुन २०७६ । नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा तानिएका बिजुलीका तार भुमिगत गर्ने भएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गर्ने भएका छन् ।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो। प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो।

विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य पुसको पहिलो हप्तादेखि नै सुरु गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरीसकेको छ ।

प्राधिकरणले विद्युतीय प्रणालीको क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य सुरु गर्न लागेको हो । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गर्ने प्राधिकरणले जनाएको छ । २०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिने छ । अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएकोले मूल सडकभने खनिने छैन ।

एसियाली विकास बैङ्क (एडीबी) को १२० मिलियन डलर सहयोगमा यस भूमिगत कार्यअन्तर्गत रत्नपार्क वितरण केन्द्रको तारहरूको भूमिगत गर्ने लागत २५ मिलियन डलर र महाराजगञ्ज वितरण केन्द्रको तारहरूको भूमिगत गर्ने लागत २२ मिलियन डलर खर्च हुने प्राधिकरणले जनाएको छ ।
दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन्।

विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो। यो सफल भएपछि अन्य क्षेत्रमा पििन क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -