Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:४३ बिहान
- ADVERTISEMENT -

धार्चे गाउँपालिका–७ मा नौलीखोला क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन

प्रकाशित मिति: २०७६ फागुन ४, आइतबार

1489
Shares

गोरखा ४ फागुन २०७६ । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोला क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त भएको पाइएको छ ।

धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा क्यानोनिङ एसोसियसनले गरेको अध्ययनले क्यानोनिङको प्रशिक्षण केन्द्रका लागि उपयुक्त भएको पाइएको हो  ।

‘सडकको छेउमै छाँगो भएकाले पर्यटकलाई आउजाउमा पनि सजिलो पर्ने देखियो,’ समितिका अध्यक्ष साने गुरुङले भन्नुभयोे, ‘सुरुको एक सय मिटर क्षेत्र जोखिमपूर्ण रहेको र त्यसभन्दा तलको ७० मिटरमा क्यानोनिङ गर्न सकिने प्राबिधिकहरु बताउछन् ।’ छाँगोको ९० देखि १०० मिटर क्षेत्रमा ‘ट्रेनिङ’ चलाउन सकिने प्राबिधिकहरुको भनाई छ ।

यसका लागि बाटोसँगै केही पूर्वाधार भने बनाउनु पर्ने बताइएको छ । धार्चे क्षेत्रका २० प्रशिक्षार्थीलाई फागुन महिनामा क्यानोनिङका लागि तालिम दिन लागिएको गुरुङले जानकारी गुरुङले बताउनुभयो । ‘पानीको छाँगोबाट झर्ने काम यसै पनि गाह्रो छ,’ उहाँले बताउनुभयो, ‘स्थानीयलाई ट्रेनिङ दिन सके व्यावसायिक रूपमा क्यानोनिङ सुरु गर्न सजिलो हुन्छ ।’

नौलीखोलामा क्यानोनिङ फेस्टिवल र ट्रेनिङका लागि पर्यटन बोर्डले ९ लाख रुपैयाँ छुट्ट्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार मनास्लु पदमार्ग क्षेत्रमा मात्र ७४ वटा छाँगा रहेका छन् । सडक सञ्जालले पुराना पदमार्ग मेटिँदै जाँदा समितिले सडक नछोएका क्षेत्रलाई समेटेर १० पदमार्ग पहिचान गरेको छ ।

५ वर्ष लगाएर पदमार्ग पहिचान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सन् २०२१ अगावै नक्सांकन सक्ने लक्ष्य रहेको छ । मनकामना–सहिद लखन गाउँपालिका हुँदै गोरखा दरबारसम्म धार्मिक पर्यटन पदमार्गका रूपमा पहिचान गरिएको छ । गोरखा, घ्याम्पेसाल, सितगुफा, धार्चेडाडाँ, लाप्राक नयाँबस्ती हुँदै मनास्लु जोडिने पदमार्गको पनि पहिचान भएको छ ।

पहिचान भएका पदमार्गको अवस्था, थप गर्नुपर्ने संरचनासहितको प्रतिवेदन सम्बन्धित स्थानीय सरकार र प्रदेशको पर्यटन मन्त्रालयमा बुझाइने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -