- ADVERTISEMENT -

सुमधुर सम्बन्धलाई सुदृढ बनाउन बृहत् प्रदर्शनी सुरु

February 13, 2020
648
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ फागुन २०७६ । “महाशिवरात्री तथा सेना दिवस” को उपलक्ष्यमा नेपाली सेनाको आयोजनामा “इतिहासदेखि वर्तमानसम्म बृहत प्रदर्शनी” २०७६ सुरु भएको छ । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीनदिने बृहत् प्रदर्शनी आजदेखि सुरु भएको हो ।

काठमाडौँको भद्रकाली, जङ्गीअड्डा परिसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनीमा काठमाडौँ उपत्यकाका शैक्षिक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम नागरिकले नेपाली सेनालाई नजिकबाट चिन्ने र नेपाली सेनाप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्ने लक्ष्यसाथ उनिलाई प्रदर्शनीमा आमन्त्रण गरिएको बताइएको छ ।

सोही अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी तथा नेपाल सरकारबाट प्राप्त कानूनसम्मत निर्देशन विश्वसनीयरूपमा पूरा गर्दै आएको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रदर्शनीमा फोटो प्रदर्शनी, हतियार तथा उपकरण प्रदर्शनी, विभिन्न तहमा भर्ना सम्बन्धी जानकारी, खेलकुद तथा पर्वतारोहण सम्बन्धी प्रदर्शनी, बिकास निर्माणमा नेपाली सेनाको सहभागिता, पदिक फौज तथा विभिन्न मद्दती अंगहरुको प्रदर्शनी, संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा नेपाली सेनाको सहभागिता सम्बन्धी विभिन्न जानकारी, सैनिक ब्यान्ड प्रदर्शनी, विशेष फौज सम्बन्धी प्रदर्शनी, एकीकरण पदमार्ग जगेर्नामा नेपाली सेना, घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी, सैनिक पोशाक तथा उपकरणहरुको प्रदर्शनी, नेपाली सेनाका अन्य विविध गतिविधि सम्बन्धी प्रदर्शनी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा सम्बन्धी गतिविधि प्रदर्शनी लगायत अन्य विभिन्न प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनी अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख, राजधानीस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, पुरातत्व विभाग, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायत सङ्घसंस्थाका प्रमुख तथा पदाधिकारी जङ्गी अड्डा पुग्नु भएको थियो ।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा उक्त निर्देशनालयको संयोजनमा आयोजित प्रदर्शनी तेस्रो संस्करणको हो । विगत तीन वर्षदेखि सेना दिवसको अवसर पारेर हरेक वर्ष यस्तो बृहत् प्रदर्शनी हुँदै आएको छ ।

प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा नेपाली सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्बिर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक एवं हालका उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -