- ADVERTISEMENT -

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश

February 13, 2020
929
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १ माघ २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

निर्वाचन आयोगले आर्थिक वर्ष २०७५/७६ गरेका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा ग्रहण गर्दै उहाँले निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सरिक गराउनेतर्फ विशेष ध्यान दिन तथा मतदानस्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री तुल्याउन सुझाव दिँदै उहाँले भन्नुभयो, “विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवतीका लागि मतदातामैत्री मतदानस्थल बनाउन आग्रह गर्दछु ।”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तको रिक्तता, बेरुजुको फछ्र्योटको अवस्था, राजनीतिक दलको व्यवस्थापन, आयोगका जिल्लास्तरमा रहेका सङ्गठन संरचना, सङ्घीय संरचनानुसार प्रदेशस्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालनबारे जानकारी दिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -