- ADVERTISEMENT -

२१ बर्ष लामो समय बेलायत बसेर एक नेपाली युवा नेपाल फिर्ता

February 12, 2020
1182
Shares
- ADVERTISEMENT -

काठमाडौं, २९ माघ २०७६ । २१ बर्ष लामो समय बेलायत बसेर एक नेपाली युवा नेपाल फर्कनु भएको छ ।

विकसित देशको पिआर र नागरिकताका लागि युद्धरत लाखौंको नेपाली भीडबाट बेलायतमा २१ बर्ष समय ब्यथित गरेका र आफ्नै रेन्टुरेन्ट ब्यवसायमा स्थापित भएका लक्ष्मण गौतमले वेलायत र त्यहाँको सुख सुबिधा त्यागेर स-परिवार आफ्नै जन्मभूमि नेपाल फर्किने निर्णय गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सामान्यत: विकसित देशमा यसरी स्थापित जीवनलाई तिलान्जली दिएर स्वदेश फर्कने निर्णय दुई अवस्थामा हुने गर्छ: देश अत्यन्तै संकटग्रस्त अवस्थामा पर्दा अत्यन्तै राष्ट्रबादीहरुको निर्णय पहिलो र दोश्रोमा देशमा नै केही गर्न सकिने वातावरणको बलियो संभावना भएमा …

उपर्युक्त दुबै अवस्था नभएर नेपालको बर्तमान अबस्था भनेको एउटा अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण हुने संक्रमण कालको समय हो । प्रसब पिडाको बेला हो, दिनहुँ हजारौंको संख्यामा बिदेशिने गरेको समय हो । यस्तो समयमा गौतमको निर्णयले धेरै महत्व राखेको छ साथै धेरै सन्देशहरु दिन्छ पनि ।

- ADVERTISEMENT -

Advertisement

गौतमले वेलायत छाडी नेपाल फर्कने निर्णय गर्नुका आधारहरुका बिषयमा ब्यक्त गरेका केही महत्वपूर्ण कुराहरु रहेका छ्न ।

पाईला अगाडी बढ्दा १० पाईला पछाडी तान्ने जमात भएको देश नेपालमा मेरो भोली चुनौतिपूर्ण छ, तर ती चुनौतीहरुसंग डटेर सामना गर्ने मसंग आत्मविश्वास छ , उहाँले भन्नुभयो ।

आत्मबल छ । आशा गरौ मेरो वरिपरी भएका ब्यक्ति, नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ ।”

लक्ष्मण गौतम भन्नुहुन्छ, “मलाई यहाँको सुख सुबिधा, झिलिमिलीभन्दा नेपालको धुलो, माटो र अन्धकार नै प्यारो लाग्छ । म बेलायत आउदा मेरो उमेर अलि सानो थियो । म देश र राष्ट्रियता भनेको बुझ्थिनथे, तर आज म परिपक्क भएको छु ।

आज देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबैभन्दा ठुलो कुरा म भित्र जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ, भन्नुहुन्छ ।

नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा धेरै कुरा सम्भावना छ र नेपाल बनाउन सकिन्छ । पर्यटन, कृषि, हाईड्रो पावर, खनिज आदिमा सरकारले इमान्दारीताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ, तर सबैभन्दा पहिला जनता सचेत हुन जरुरी रहेको छ ।

लक्ष्मण गौतम भन्नुहुन्छ, देशका लागि केहि गरौ भन्ने मानिस नेपालमा टिक्नै सक्दैन, टिक्न नै दिदैनन ।

नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्की आउछ, राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन भने चोर, फटाहा, डाकाहरुको चाहि हाली मुहाली छ । उमेर छदै आफ्नै देश फर्कनु पर्छ र आफूले देखेको, सिकेको र कमाएको कुरा देशमै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो ।

म बेलायत त्यागेर नेपाल फर्किदै छु । नेपालको लागि म एउटा लक्ष्मण गौतम ठूलो कुरा होईन । तर, यदि म नेपालको वातावरणमा भिजेर नेपालमै बस्न सके भने त्यस्ले अवस्य पनि बिदेशमा बिदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्नेछ । तर, यदि म नेपालमा टिक्न सकिन र फेरि विदेश नै हिड्न पर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किनेबारे १०० पटक सोच्न बाध्य हुनेछन ।

पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने २० औ बर्ष बेलायत, अमेरिका जस्ता बिकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न त्यति सजिलो छैन तर म कोसिस गर्नेछु ।

उहाँले नेपाल फर्कनुमा राष्ट्रियता, मौलाउदो भ्रष्ट्राचार देशको खस्किदो आर्थिक अवस्थाजस्ता महत्त्वपूर्ण बिषयहरुलाई आधार बनाउनु भएको देखिन्छ र ती क्षेत्रहरुमा आफूले सक्दो केही गर्ने र आवाज उठाउने स्पस्ट संकेत दिनु भएको छ ।

आफ्नो कर्तब्य एबं दायित्वबोध गरेर नेपाल फर्कनेको असफलताले त्यसरी नै फर्कन सक्ने अन्य कयौंलाई हतोत्साहित र निरुत्साहित बनाउन सक्ने भएकोले देशले पनि यस्ता ब्यक्तिहरुलाई सफल बनाएर त्यसरी नै नेपाल फर्कन सक्ने सम्भाबित ब्यक्तिहरुलाई नेपाल फर्कन उत्प्रेरित र अभिप्रेरित गर्ने बातावरण तयार गर्नबाट चुक्नु हुन्न भन्ने धारण उहाँको रहेको छ ।

नेपालमा स्थापित पुराना कुनै पनि राजनितीक दलका सिद्दान्त नराम्रा छैनन मात्र पार्टी चलाउने ब्यक्तीहरु खराव हुन तसर्थ हामीले यिनै पुराना दलहरुलाई सुधार्दै खराव ब्यक्तीहरुलाई बिस्थापित गराउदै अगाडी बढ्नु पर्छ ।

लक्ष्मण गौतम हाल नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुनु हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -