Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४१ बिहान
- ADVERTISEMENT -

भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु हुन्: राष्ट्रपति भण्डारी

प्रकाशित मिति: २०७६ माघ २९, बुधबार

533
Shares

काठमाडौं, २९ माघ २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिइन् । उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र प्रविधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको बताइन् । ‘‘सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिन्छ’, उनले भनिन्, ‘‘भ्रष्टाचार नियन्त्रमा सरकारी, गैरसरकारी निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोग हुनु आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले राजनीतिक दल, कर्मचारी, गैरसरकारी र निजी क्षेत्र सबैलाई भ्रष्टाचार विरुद्धमा आफ्नो ठाउँबाट सार्थक प्रयास गर्न आग्रह गरिन् । उनले भ्रष्टाचारका कारण र असरबारे थप सचेतना बढाउनुपर्नेमा जोड दिइन् ।

राज्यबाट प्रदान गर्ने सेवा सुविधा जनताले सरल र सहज रुपमा प्राप्त गर्न तथा सरकारी एवम सार्वजनिक सम्पत्ति संरक्षण र सदुपयोग गर्नमा आयोगले खेलेको भूमिका अझ सशक्त हुने छ भन्ने अपेक्षा राख्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार गर्ने स्वरुप र शैली परितर्वन हुँदै गएकाले भौतिक साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने बताइन् ।

उनले जनुसुकै रुप, रङ्ग र शैलीको भए पनि सार्वजनिक पदाधिकारी, कर्मचारीले जवाफदेही र जिम्मेवार भई कार्य गरेमा भ्रष्टाचार नियन्त्रण हुन सक्ने धारणा राखिन् । ‘‘जनताको सेवालाई मूल लक्ष्य बनाएका राष्ट्रसेवकले व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रको हितलाई सर्वोपरी राखी कार्य गर्नुपर्दछ’, उनले भनिन् ।

उनले भ्रष्ट प्रवृत्तिले समाजलाई पछाडि परेका समुदायको सुरक्षा गर्ने राज्यको दायित्वलाई कमजोर बनाउँदै सोही समुदायलाई सबैभन्दा बढी आघात पु¥याउने उल्लेख गर्दै भ्रष्टाचारले सार्वजनिक स्रोतको दुरुपयोग बढाउने, विकासलाई अवरुद्ध पार्ने र समाजका अन्य क्षेत्रमा नकारात्मक प्रभाव पार्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारबाट आर्जन गरिरहेको सम्पत्तिले क्षणिक लाभ पु¥याए पनि स्वयं भ्रष्टाचार गर्ने व्यक्तिलाई गम्भीर सामाजिक, आर्थिक र मानसिक असर पु¥याउने बताइन् । ‘‘भ्रष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिएमा सार्वजनिक सेवा प्रभाह दुर्लभ बन्दै समुन्नतिको मार्ग रोकिँदै जाने छ’, उनले भनिन्, ‘‘नेपाल भ्रष्टाचार नियन्त्रणको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र पनि भएकाले भ्रष्टाचार विरुद्धको विश्वव्यापी अभियानमा हामीले हातेमालो गर्नु जरुरी रहेको छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगमा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट आयोगका उपसचिव दीपक खतिवडा र प्रहरी नायब उपरीक्षक भिष्म हुमागाईंलाई रु २५ हजारसहित पुरस्कृत गरिन् । यसैगरी रु २० हजारको उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सहसचिवद्वय प्रदीप कोइराला र शेरजन कार्की तथा उपसचिव सुशीला अधिकारी, मदन कोइराला, गोकुल बाँस्तोला, रमेश ढकाल लगायतलाई पुरस्कृत गरेकी थिइन् ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामलाई अझ प्रभावकारी बनाउनका लागि रणनीति योजना ल्याइएको जानकारी गराए । उनले आयोगले कसैप्रति पूर्वाग्रह र आग्रह नराखी संविधानले दिएको अधिकारअनुसार काम गरिरहेको बताए ।

आयुक्त डा।सावित्री थापाले आयोगले भ्रष्टाचार विरुद्धको कारवाहीलाई सशक्त र नतिजामुखी बनाउने बताइन् । उनले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण गर्न सबै कार्यालयसँग हातेमालो गर्ने बताइन् । विसं २०४७ माघ २८ गते आयोगको गठन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -