- ADVERTISEMENT -

‘बालुवाटार जग्गा प्रकरणमा दोषी होइनौं, बरु पीडित हौं’ : एनआरएनए

February 11, 2020
514
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ माघ २०७६ । गैरआवासीय नेपाली संघले आफ्नो कार्यालय भवन रहेको जग्गा खरिद प्रकरणमा दोषी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आपत्ति जनाएको छ ।

संघले सरकारी प्रक्रिया पूरा गरी जग्गा खरिद गर्नेलाई आफूहरु पीडक नभएको बरु गैरकानुनी रुपमा सरकारी व्यक्तिको नाममा जग्गा कायम गराउनेहरुबाट ठगिएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

संघले एक विज्ञप्ति जारी गरी संघको भवन रहेको जग्गा लगायत ललिता निवास परिसरको जग्गा सरकारी भएको र विभिन्न व्यक्तिले विभिन्न समयमा सरकारी कर्मचारी एवं पदाधिकारीसँग मिलेर निजी बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको खबरप्रति यस संघ लगायत संसारभर फैलिएका गैरआवासीय नेपालीको ध्यान आकर्षित भएको जनाएको छ ।

विज्ञप्ति अनुसार संघले २०७२ जेठ १४ गते १२ करोड ७२ लाख रुपैयाँ वैधानिक रुपमा बैंकमार्फत भुक्तानी गरी बालुवाटारमा तीन रोपनी जग्गा किनेको हो । संसारभर फैलिएका नेपालीहरुले नेपालमा आफ्नो संस्थाको आफ्नै भवन होस् भनेर प्रदान गरेको स–सानो रकम जम्मा गरेर जग्गा खरिद गरिएको र त्यसमा भवन निर्माण गरिएको संघले जनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

तसर्थ यो जग्गा र भवनसँग लाखौं गैरआवासीय नेपालीको सरोकार, भावना र सम्बन्ध गाँसिएको छ । संघले जग्गा खरिद गर्दा खरिद गर्न लागेको जग्गाको विवरण सहित राजस्व मिनाहाका लागि नेपाल सरकारमा निवेदन दिएको र भूमिसुधार तथा व्यवस्थाको प्रस्ताव अनुसार २०७२ वैशाख ३१ को नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट ५० लाख ८८ हजार बराबरको राजस्व समेत मिनाहा भएको थियो,’ संघले विज्ञप्तिमा भनेको छ, ‘विधिवत रुपमा संघको नाममा जग्गा पास भएपछि सम्बन्धित नियकायबाट अनुमति लिएर भवन निर्माण प्रक्रिया थालिएको र सो निर्माण हाल प्रायः सम्पन्न भइसकेको छ र संघले यसै भवनबाट कार्य गर्दै आएको छ ।’

संघको भवन निर्माण हुन थालेपछि ललिता निवास परिसरको जग्गा सरकारी हो भनी संघलाई समेत विपक्षी बनाइ दिपकराज जोशीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि संघले आफ्नो सम्पत्तिको रक्षाका लागि मुद्दा लडेको, जिल्ला अदालतले जोशीको फिराद दाबीको विपक्षमा २०७५ वैशाख १९ मा फैसला गरिदिएको र जिल्ला अदालतको ऊक्त फैसलापछि पुनः संघलाई समेत विपक्षी बनाई जोशीले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको र हाल सो मुद्दा सम्मानित उच्च अदालतमा विचाराधीन रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

संघले राज्यको सम्पत्तिको हिनामिना हुनु हुँदैन र हिनामिनामा संलग्न व्यक्तिमाथि कडा कारवाही हुनुपर्छ भन्नेमा सहमति रहेको पनि विज्ञप्तिमा जनाएको छ ।

संघले आफूलाई नाफा आर्जनको उद्देश्य नरहेको विशुद्ध समाजिक संस्था भन्दै यसको सम्पत्ति कुनै व्यक्ति विशेषमा हस्तान्तरण वा निजी हुन नसक्ने बरु संघ बिघटन भएको अवस्थामा सबै सम्पत्ति सरकारमै जाने पनि स्मरण गरेको छ ।

बालुवाटारस्थित जग्गा सरकारी रहेछ र त्यसलाई कसैले नियम कानुन विपरीत व्यक्तिगत बनाएको हो भने त्यस्तो गर्ने व्यक्ति र तिनका मतियारलाई सजाय दिनुपर्ने भन्दै उक्त जग्गा सरकारी प्रक्रिया पूरा गरी संघलाई बिक्री गरेको पाइएमा संघ ठगीमा परेको पीडित पक्ष भएको प्रस्टिने संघको भनाइ छ । ‘हामी पीडित हुन सक्छौं तर ठगी गर्ने पीडक कदापी होइनौं । हामीले हाम्रो सम्पत्तिको रक्षा र हामी ठगिएका भए पीडकको तर्फबाट क्षतिपूर्ति दिलाउन राज्यले सहयोग गर्ने आशा र विश्वास समेत लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -