काठमाडौं, २५ माघ २०७६ । नेपाली क्रिकेट टिमका लेग स्पिनर स्टार सन्दिप लामिछानेले युथ आइकन अवार्डबाट सम्मानित भएका छन् ।
काठमाडौं युथ कन्क्लेभले विशेष कार्यक्रमको आयोजना गर्दै क्रिकेटर सन्दिप लामिछानेलाई सो अवार्ड प्रदान गरेको हो। ।
सो कार्यक्रममा १३ औँ सागमा गोल्डमेडल विजेता तेक्वान्दो खेलाडी आयशा शाक्यलाई पनि अवार्ड दिइएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पनि अवार्ड दिइएको थियो ।









































