- ADVERTISEMENT -

युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक

February 7, 2020
780
Shares
- ADVERTISEMENT -

सुनसरी, २४ माघ २०७६ । राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ ।

युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिए ।

सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँर्दै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने बताए ।

- ADVERTISEMENT -

Advertisement

युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -