- ADVERTISEMENT -

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित, पत्रकारले लाइसेन्स लिनु नपर्ने

February 6, 2020
678
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, २३ माघ २०७६ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकि मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

राष्ट्रियसभा बैठकले मिडिया काउन्सिल विधेयकको छलफलका क्रममा पत्रकारले ‘लाइसेन्स परीक्षा’ दिनुपर्ने भनेर सभाको विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनको बुँदा हटाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा रहेको समरण गराउदै पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा नराम्रो भने नरहेको उनले बताए ।

संशोधन प्रस्तावमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समेत समर्थन जनाएका थिए । पत्रकारको लाइसेन्स परीक्षाको व्यवस्था हटाउँदै राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक २०७५ सर्वसम्मतिले पारित भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -