- ADVERTISEMENT -

स्वबियु चुनाब : पब्लिक युथ क्याम्पस सभापतिमा ने बि संघबाट घिमिरेको चर्चा

February 6, 2020
3238
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २३ माघ २०७६ ।  नेपाल विद्यार्थी संघ, पब्लिक युथबाट बिष्णुप्रसाद घिमिरे सभापतिमा आफ्नो उमेदवारी दिने भएका छन् ।

त्रि बि ले  स्वबियु निर्वाचन मिति तोकेसंगै विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन ।

- ADVERTISEMENT -

Advertisement

कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन । विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका नै रहेको छ ।

तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ । अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेबिसंघ र नेकपाको अनेरास्ववियु बिच कडा टक्कर पर्ने देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको मिति नजिकिदै गर्दा पब्लिक युथ क्याम्पस पनि माहोल तातिदै गएको  छ । निर्वाचनको मिति नजिकिएसंगै नेपाल विद्यार्थी संघ पब्लिक  युथबाट बिष्णुप्रसाद घिमिरे सभापतिमा उठ्ने पक्का भएको छ ।

बिष्णु घिमिरे नै सभापति किन ?

महोत्तरी जिल्लाबाट उच्च शिक्षा हासील गर्न बि स २०६९ सालमा पब्लिक युथ क्याम्पसमा प्रवेश गर्नु भएको थियो । आफ्नो पढाईलाई निरन्तरता दिदै राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।

बिष्णु घिमिरे पब्लिक युथ क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन । विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सबै प्रकारको समस्या समाधान गर्न सधै लागि परेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ ।सभापतिको रुपमा घिमिरेको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन । साथै, घिमिरे निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययानरत विद्यार्थीहरु बताउछन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -