- ADVERTISEMENT -

१६ बर्षिय ग्रेटा थनबर्ग नोबेल शान्ति पुरस्कारका लागि मनोनित

February 4, 2020
776
Shares
- ADVERTISEMENT -

स्विडेन, २१ माघ २०७६ । जलवायु कार्यकर्ता ग्रेटा थनवर्गलाई स्विडेनका २ जना सांसदले २०२० को नोशेल शान्ति पुरस्कारको लागी नामांकित गरेका छन् ।

सांसदहले जलवायु संकट उत्सर्जनलाई कम गर्नको लागी राजनितिज्ञहरुको आँखा खोल्न र पेरिस सम्झौताको अनुपालनको लागी ग्रेटाले कठोर मेहनत गरीन जुन एउटा शान्तिको लागी पहल भएको ठहर गर्दे नोबेल शान्ति पुरस्कारको लागी मनोनित गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो बर्ष नर्वेकी सांसदका तिन सदस्यले ग्रेटालाई नोवेल शान्ति पुरस्कारको लागी चयन गरेका थिए ।

संयुक्त राष्ट्रमा जलवायु परिवर्तनको मुद्धामा १६ बर्षिय पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गको सवालले विश्वभरका नेताहरुलाई बेजवाफ बनाएको थियो । ग्रेटाले युवा पीढीको आवाजलाई विश्वसामु राख्दै भनेकी छिन कि विस्तारै बुझ्दै छौ कि जलवायु परिवर्तनमा तपाईहरुले हामीहरुलाई धोखा दिनुभएको छ र यदि तपाईहरुले केही गर्नु भएन भने युवा पीढीले तपाईहरुलाई कहिले पनि माफ गर्नेछैनन् ।

- ADVERTISEMENT -

Advertisement

ग्रेटाको यो भाषण पछि विश्वभरमा उनको चर्चा हुन थाल्यो र उनलाई जलवायु परिवर्तनलाई ब्यापक आवाज उठाउने ब्यक्तिको रुपमा हेर्न थालीयो ।

सर्जग पर्यावरण कार्यकर्ताको रुपमा प्रख्यात ग्रेटा हाल पेरिस जलवायु सम्झौता लागु गर्नको लागी पुर्ण रुपमा समर्पित भएर काम गरीरहेकी छिन् । ग्रेटा कैयौ देशमा जागरुकता अभियान चलाउदै आइरहेकी छिन् । यसबाट प्रेरित भएर विभिन्न देशका युवाहरु आफनो सरकारसँग पर्यावरण केन्द्रित कदम उठाउन माग गर्न थालेका छन् ।

थनवर्गले आफनो भाषणमा एक बर्ष पहिला डब्ल्यूईएफ मा दिएको भाषणको टिप्पणीलाई दोहराउदै भनेकी थिइन कि हाम्रो घरमा आगो लागीरहेको छ र तपाईको निष्क्रियता आगोको रापलाई अझ हावा दिइरहेको छ । ग्रेटाले भनिन्, तपाई भन्नु हुन्छ कि बच्चाहरुको चिन्ता गर्नु हुदैन । यती निराशावादी नहुनुहोस् ।

पछिल्लो बर्ष पनि वल्र्ड इकोनोमिक फोरमको मञ्चमा डोनाल्ड ट्रप र ग्रेटा आमने–सामने भएका थिए तब ग्रेटाले ट्रंपलाई घुरेर हेरेको फोटो भाइरल भएको थियो । ग्रेटाले ट्रंपलाई निशाना बनाउदै भनेकि थिइन कि रुख ढल्नु निश्चित रुपमा राम्रो कदम हो तर जलवायु परिवर्तनको लागी काम गनु पर्दथ्यो, त्यसको तुलनामा यो प्रयास पर्याप्त छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -