Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:१५ बिहान
- ADVERTISEMENT -

स्व रवीन्द्र अधिकारीको प्रथम वार्षिक स्मृति दिवसमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुने

प्रकाशित मिति: २०७६ माघ २०, सोमबार

800
Shares

काठमाडौं, २० माघ २०७६ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रथम वार्षिक स्मृति दिवसमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुने भएको छ ।

गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको स्मरणमा गठित ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ले राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गरेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ शिर्षकमा निबन्ध प्रतियोगिता राखिएको छ ।

‘रवीन्द्र अधिकारी शब्दमा नअटाउने नेता हुनुहुन्थ्यो, विकास र समृद्धिको स्पष्ट सोच भएको दूरदृष्टि नेता हामीले गुमायौँ, विद्यार्थी राजनीतिबाट सफल हुँदै मन्त्री हुनुभएका अधिकारीको स्मरणमा निबन्ध प्रतियोगिताको आयोजना गरेका हौँ’, आचार्यले भने । उनले अधिकारीका ‘संविधानसभाः लोकतन्त्र र पुनसंरचना’, ‘समृद्ध नेपाल’लगायत राजनीति एवं विकाससम्बन्धी थुप्रै लेख प्रकाशन भइसकेको बताए ।

प्रतियोगितामा नेपालभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरुको सहभागिता रहने र यसका लागि प्रतिष्ठानले पत्राचारसमेत गरिसकेको प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए । प्रतियोगितामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत नियमित विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन् ।

एउटै विश्वविद्यालय र क्याम्पसबाट एक वा सो भन्दा बढीले समेत सहभागिता जनाउनसक्ने पाण्डेले बताए । सहभागीले यही माघ मसान्तसम्म दुई हजार ५०० शब्दमा आफ्नो स्पष्ट परिचय खुलाएर इमेल वा अन्य माध्यमबाट निबन्ध प्रतिष्ठानको कार्यालय पोखरा–८ न्यूरोडमा पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । विजेतालाई आगामी फागुन १५ गते अधिकारी स्मृति दिवसमा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -