- ADVERTISEMENT -

जापानमा नेपाली युवा बक्सर प्रचण्ड के सी बिजयी

February 2, 2020
1082
Shares
- ADVERTISEMENT -

जापान, १९ माघ २०७६ । नेपाली युवा बक्सर प्रचण्ड के सी जापानमा बिजयी हुन सफल हुनु भएको छ । फेरी एक नेपाली युबा बक्सिङ्ग खेलाडी प्रचण्ड के सी ले राजधानी टोकियोको कोउराकुएन हलमा भएको “डाईनामिक ग्लोव “ शिर्षकको बक्सिङ्ग  भिडन्तमा जापानीज खेलाडी आईहारा (बर्ष २६) लाई रिङ्गमा पराजित  गरी  नेपाली युवा बक्सर प्रचण्ड केसी (बर्ष २४) बिजयी हुनु भएको हो ।

तीन चरणको संघर्षपूर्ण खेलको अन्तिम समयमा जापानी खेलाडीमाथी मुक्का प्रहार गरी रिङमा ढाल्दै प्रचण्डले नेपाली झण्डा फहराउन सफल हुनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

५३।५ किलो तौल समुहमा भएको भिडन्तमा रिङ बाटै  प्रचण्डले नेपाल भ्रमणबर्षको समेत प्रचार गरेका थिए ।

प्रचण्डले नेपाल भ्रमण बर्ष२०२० लेखिएको टिसर्ट लगाएर रिङबाटै सयौं जापानी माझ नेपाल भ्रमणबर्षको प्रचार समेत गर्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

पाँच सयभन्दा बढी जापानी र सयको हाराहारीमा नेपालीहरुले उपस्थिति जनाई उहालाई साथ र समर्थन दिई हौसला बढाएका थिए । उक्त खेलको जापानीज टिभी च्यानल Japan tv cs g+  टेलिभिजन च्यानले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

खेलमा बिजयी भएसँगै प्रचण्डले आफुलाई हलसम्म आएर साथ र सहयोग गर्ने जापानवासी नेपाली दाजुभाई दिदीबहीनीहरु र विभिन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।

खेल माध्मबाटै जापानमा नेपालको नाम अझै चम्काउदै जाने र भबिष्यमा पनी निरन्तर सहयोग साथ र सपोर्टको आशा राखेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -