Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:३७ बिहान
- ADVERTISEMENT -

बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थी लगायत विदेशी नागरिकको जीवन र स्वास्थ्य उपचारको सुनिश्चित

प्रकाशित मिति: २०७६ माघ १९, आइतबार

960
Shares

काठमाडौं, १९ माघ २०७६ । चीन सरकारले चीनको बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थी लगायत विदेशी नागरिकको जीवन र स्वास्थ्य उपचारको सुनिश्चित गरेको जनाएको छ ।

काठमाडौ स्थिति चिनियाँ दूताबासले शनिबार एक विज्ञप्ति जारी गर्दै चीनले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न सक्रिय भूमिका निभाउने स्पष्ट गरेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमणले २५९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या भने दिनैपिच्छै बढ्दै गएको छ । शुक्रबार मध्यरातसम्म कोरोना भाइरसले संक्रमित हुनेको संख्या ११ हजार ७९१ र संदिग्धको संख्या १७ हजार ९८८ पुगेको नेपाल स्थित चिनियाँ दूताबासले जनाएको छ । विश्वका अन्य राष्ट्रमा भने संक्रमितको संख्या भने १०६ पुगेको छ ।

दूताबासले विज्ञप्तिमा चीन सरकारले अन्तर्राष्ट्रिय दायित्व उच्च जिम्मेवारीका साथ बहन गरिरहेको जनाएको छ । जस अन्तगर्त चीनमा रहेका विदेशी नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिइएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले विदेशी नागरिकको स्वास्थ्य हेरचाह र संक्रमित विदेशी नागरिकसँग समन्वय गर्न संयन्त्र गठन गरेर काम गरिरहेको दूताबासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा नेपालले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयासको चीनले सराहना गर्दै थप सहयोगको आवश्यकता परे चिनियाँ दूताबास वा विदेश मन्त्रालयसँग सहकार्य गर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणले नेपाल भ्रमण गर्न आउने चिनियाँ नागरिकको संख्यामा कमी आउन सक्ने चीनले जनाएको छ । प्रकोप नियन्त्रणमा आए लगत्तै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउन चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दूताबासले नियन्त्रण र उन्मूलनका लागि प्रयास जारी रहेको जनाएको छ । चीन सरकारले कोरोना भाइरस संक्रमणको उत्पत्ति स्थान पत्ता लगाएर वुहानमा प्राविधिक निर्देशनहरु उपलब्ध गराएको जनाएको छ । कोरोना उन्मूलन र नियन्त्रणका लागि वुहान मात्रैमा पनि कार्यान्वयन हुनुपर्ने कार्यहरु भइरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

भाइरसलाई अन्य भूभागमा फैल्नबाट रोक्न उपायहरु अपनाइएको दूतबासले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -