- ADVERTISEMENT -

गोरखामा संचालित अवैध क्रसर बन्द गर्नुपर्ने स्थानीयको माग

February 2, 2020
493
Shares
- ADVERTISEMENT -

गोरखा, १९ माघ २०७६ । गोरखामा संचालित अवैध क्रसर बन्द गर्नुपर्ने स्थानीयले मागगरेका छन् । मनमाया तामाङका आफन्त र छिमेकीले अवैध क्रसर बन्द हुनुपर्ने माग राखेका हुन्  । शुक्रबार बिहान टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी तामाङको मृत्यु भएपछि गोरखा नगरपालिकास्थित छेवेटार क्षेत्र तनावग्रस्त बनेको थियो ।

५० लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि उनीहरुको माग छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र पीडित पक्षबीच पहिलो चरणमा भएको छलफल बिना निर्ष्कष टुङ्गीएको छ । पीडित पक्षसँग फेरि वार्तामा बस्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

टिपरको ठक्करले महिलाको मृत्यु स् छेवेटार तनावग्रस्त, २५ सवारी साधान तोडफोड

‘अहिले केही समय छलफल रोकिएको छ, यसलाई फेरि निरन्तरता दिन्छौं,’ उनले भने। अवैध क्रसर संचालक सुरेन्द्र कुवँरलाई पनि वार्तामा सहभागी गराउनुपर्ने स्थानीयले माग राखेका छन् । आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने मृतकका आफन्तको अडान छ ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार बिहान ग १ ख ८०२७ नम्बरको टिपरको ठक्करबाट गोरखा नगरपालिका–१० अमलापानीकी तामाङको मृत्यु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -