- ADVERTISEMENT -

कोरोना भाइरसको प्रकोप, विश्वव्यापी संकटकाल घोषणा

February 1, 2020
784
Shares
- ADVERTISEMENT -

बेइजिङ, १८ माघ २०७६  । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी संकटकाल घोषणा गरेको छ ।

चीनपछि १८ देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

चीनमा मात्रै शुक्रबारसम्म कोरोना भाइरसबाट २ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना रहेको छ । बिश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

छोटो अवधिमै कोरोना भाइरसको संक्रमण ९ हजार मानिसमा फैलिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन । यो भाइरसको संक्रमणमा परेको भन्दै एक लाख २ हजार मानिस प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।

- ADVERTISEMENT -

Advertisement

जुन घटनालाई स्वास्थ्यकर्मीले विश्वव्यापी संकटको रुपमा लिएका छन् । यद्यपि यसको रोकथामका लागि चीनले अनेक उपाय गर्दैआएको छ । खोप निर्माणका लागि स्वास्थ्यकर्मी रातदिन जुटेका छन् भने अस्पताल निर्माण भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -