- ADVERTISEMENT -

गैर-आवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्सबिच सम्झौता

January 31, 2020
687
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ माघ २०७६ । गैर आवासिय नेपाली संघर पिपुल्स लिगल एसोसियट्स बीच गैर आवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गैर आवसिय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निःशुल्क कानूनी परामर्श दिनेछ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिन विश्वास व्यक्त गरे ।

नेपालीका लागि नेपाली अभियान अन्र्तगत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैर आवासिय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए । न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसियट्स र एनआरएनए बिच कानूनी परामर्श दिने सम्झौता भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसिय नेपालीको आवश्यकताअनुसार नेपालको कानूनी विषयमा सम्झौताअनुसार निःशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे । “१५वर्ष देखि ठुलो संख्याका व्यवसायी तथा व्यक्तिहरुलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ” पौडेललेभने, “एनआरएनएसँग जोडिँदा अझ नै उत्साहित छौँ ।”

गैर आवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्था बारे जानकारी तथा परामर्शलिन सहज हुने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -