Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:३० बिहान
- ADVERTISEMENT -

वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपालमा

प्रकाशित मिति: २०७६ माघ १६, बिहीबार

838
Shares
BASSETERRE, ST KITTS, SAINT KITTS AND NEVIS - SEPTEMBER 10: In this handout image provided by CPL T20, Chris Gayle of Jamaica Tallawahs brings up his century during the Hero Caribbean Premier League match between St Kitts Nevis Patriots and Jamaica Tallawahs at Warner Park Sporting Complex on September 10, 2019 in Basseterre, St Kitts, Saint Kitts and Nevis. (Photo by Ashley Allen - CPL T20/CPL T20 via Getty Images )

काठमाडौं, १६ माघ २०७६ वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ । उहाँलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ ।

पोखरा राइनोजले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो । नेपालमा प्रिमियर लिग खेल्न आउन क्रिस गेललाई छ महिना अघि नै प्रस्ताव गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरा राइनोजले गेललाई चित्त बुझाउन छ महिना लागेको बताएको थियो ।

अनुबन्धनपछि नेपाली क्रिकेट प्रशंसकलाई दिनुभएको सन्देशमा गेलले ठट्टासँगै टी ट्वान्टीको ‘किंग’ रहेको आफू नेपाल भ्रमण गर्न आउन लागेको बताउनुभएको छ । उहाँले आफ्नो टोली पोखरा राइनोजलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । गेलले नेपाललाई आफ्नो खेल हेर्न तयार भएर बस्न भन्नुभएको छ । सन्देशको अन्त्यमा क्रिस गेलले भन्नुभएको छ, “छिट्टै नेपालमा भेटनेछौं, स्नेह र सम्मान ।”
अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्टबाट सन्यास लिइसकेका गेलले भने पछिल्ला वर्षहरुमा घरेलु लिगमा टी ट्वान्टी खेललाई विशेष प्राथमिकता दिनुभएको छ ।

पछिल्लोपटक उहाँ १५ दिन अगाडि चत्तोग्राम च्यालेन्जर्सको प्रतिनिधित्व गरी बङ्गलादेश प्रिमियर लिग खेल्नुभएको थियो । ओपनिङ्ग गर्दा उहाँले छ चौका र पाँच छक्काको सहयोगमा ६० रनको योगदान दिनुभयो । उमेरले ४० पुगेपनि गगनचुम्बी छक्का प्रहार गर्ने कलाले उहाँलाई टी ट्वान्टीका ‘किंग’ पनि भनिएको हो ।

क्रिस गेललाई वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुँदै १०३ टेष्ट म्याचमा १५ शतक र ३७ अद्र्धशतक लगाएर सात हजार २१४ रन बनाउनुभएको छ ।

५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका गेलले १४२ को स्ट्राइक रेटमा दुई शतक र १३ अद्र्धशतकसँगै एकहजार ६२७ रन बनाउनुभएको छ । ३०१ अन्तर्राष्ट्रिय एकदिवसीयमा दश हजार ४८० रन बनाउनुभएको छ ।

टी ट्वान्टी लिगमा उहाँले दुई दर्जन बढी घरेलु लिगमा विभिन्न टोलीको प्रतिनिधित्व गर्नुभएको छ । भारतमा हुने घरेलु इन्डियन प्रिमियर लिगमा उहाँ किंग्स एलेभन पञ्जाब, कलकत्ता नाइट राइर्डस्, रोयल च्यालेन्जर्स बैंग्लौर लगायतका टोलीको प्रतिनिधित्व गर्नुभएको छ ।

विष्फोटक ब्याटिङ्गसँगै अफस्पिन बलिङ्ग गर्ने खुबी बोक्नुभएका गेलले टेष्ट खेलमा ७३ विकेट लिनुभएको छ । एकदिवसीय खेलमा १६७ तथा टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँको नाममा १७ विकेट रहेको छ । उहाँले सेप्टेम्बर ११, १९९९ मा भारत विरुद्ध टोरन्टोबाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभएको हो ।

आयोजकले भने गेललाई कति रुपियाँमा अनुबन्धन गरेको खुलाएको छैन् । पत्रकार सम्मेलनमा क्रिस गेलले नेपाल बस्ने क्रममा पोखरा राइनोजका लागि दुई टी ट्वान्टी खेल्नुहुने जानकारी दिइएको छ । प्रिमियर लिगको चौथो संस्करण मार्च १४ देखि २८ सम्म काठमाडौंमा खेलाइनेछ ।

गेलसँगै विश्वका चर्चित क्रिकेटरहरुको नेपाल आगमनले आकर्षण बढ्नुका साथै राज्यको पनि क्रिकेटको पूर्वाधार निर्माणमा लगानी बढ्ने अनुमान गरिएको छ । गेल नेपाल आउँदा रङ्गशाला बाहिर र भित्र दुबै स्थानमा सुरक्षा चासोमा आफूहरु गम्भिर रहेको एभरेष्ट प्रिमियर लिगका आयोजकले जनाएको छ ।

तर एभरेष्ट प्रिमियर लिगमा चर्चित विदेशी क्रिकेटर आउने गेल पहिलो खेलाडी हुनुहुने छैन् । प्रिमियर लिगको चौथो संस्करणका लागि हालसम्म चारजना विश्वका चर्चित क्रिकेटरसँग घरेलु टोलीले सम्झौता गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -