काठमाडौं, १६ माघ २०७६ । चीनमा कोरोना भाइरसको कारण अहिलेसम्म १७० जनाको मुत्यु भईसकेको छ जबकि चीन सहित विश्वभरमा यो रोगको पीडित रोगीको संख्या ६ हजार बढि पुगेको छ ।
कारोना भाइरसलाई लिएर टेक्नोलोजी कम्पनिहरु संसकित बनेका छन् । कैयौ टेक कम्पनिहरुले चीनमा आफनो स्टोर पनि बन्द गर्न शुरु गरेका छन् ।
आउनुहोस् जान्नुहोस् एपल, फेसबुक र सामसुङ जस्ता कम्पनिहरु कोरोना भाइरसलाई लिएर के गरीरहेका छन् ।
फेसबुक
फेसबुकले आफनो कर्मचारीहरुलाई आफनै घरमा बसेर काम गर्न सुविधा दिएको छ । फेसबुकले चीनको अनावश्यक यात्रा मा रोक लगाएको छ ।
अलिबाबा
अलीबाबाले आफनो कर्मचारीहरुलाई फेब्रुवरी २, २०२० सम्म वर्क फ्रम होम को सुविधा दिएको छ । भने टेनसेन्टले पपनि ९ फेब्रुवरी सम्म छुट्टी दिने घोषणा गरेको छ ।
एपल
एपल ले चीनमा आफनो कैयौ स्टोर बन्द गरेको छ र कामको घण्टामा कटौती गरेको छ । यसको अलावा एपल ले आफनो कर्मचारीहरुको चीन यात्रामा रोक लगाएको छ ।
टिकटक
टिकटक को स्वामित्व रहेको कम्पनि वाइटडान्सले आफनो कर्मचारीहरुलाई १४ दिन घरमा नै बस्नको लागी सल्लाह दिएको छ ।
एलजी
एलजी ले कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दे आफनो सबै डिभिजनका कर्मचारीहरुलाई चीन जानबाट रोकेको छ ।
सामसुङ
सामसुङ इलेक्ट्रिोनिक्सले आफना कर्मचारीहरुलाई हुबेइ यात्रा गर्न मनाहि गरेको छ र ७ दिनसम्म घरमा नै बस्नको लागी सल्लाह दिएको छ ।








































