काठमाडौँ, १६ माघ २०७६ । चीनको वुहान शहरबाट शुरु भएको कोरोना कोरोनाभाइरस उपचारका लागि नेपालमा पाँच ओटा अस्पताल छुट्याइएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन पाँचओटा अस्पतालमा कोरोना भाइरसको निगरानी सुरु गराउने जनाएको छ ।
अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली समेत गठन गर्न लागेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, भक्तपुर र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।
उनले काठमाडौंका अरु १३ ओटा अस्पताललाईसमेत उपचारका लागि छुट्याइएको बताए ।








































