Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२१:१५ दिउँसो
- ADVERTISEMENT -

पर्यटन बोर्डको सिइओमा डा.धनन्जय रेग्मी चयन

प्रकाशित मिति: २०७६ माघ १५, बुधबार

1323
Shares

काठमाडौं, १५ माघ २०७६ । नेपाल पर्यटन बोर्डको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले मंगलबार रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो ।

निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा.धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।

छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो । बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन् ।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ ।

बोर्डमा सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । तर, कार्यकारी भने सिइओ हुन्छन् । बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ ।

को हुन् रेग्मी ?

सन् १९७५ स्याङ्जामा जन्मिएका डा। रेग्मी नेपालको पर्यटनलाई बिषय बनाएर लामो समयदेखि अनुसन्धानरत छन् । डा.रेग्मी नेपालका प्रख्यात हिमाली भूवैज्ञानिक र हिमनदी विज्ञ हुन् । उनले नेपालको सबैजसो हिमाल, हिमताल र हिमाली क्षेत्रहरुको बारेमा अनुसन्धान गरेका छन् । उनले ६ वर्ष कञ्चनजङ्घा क्षेत्रको वाताबरणीय अनुसन्धान गरेका छन् ।

डा.रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् । डा।रेग्मीले विद्यावारिधि भन्दा अगाडी बुढानिलकण्ठ उच्च माध्यमिक विद्यालयमा भुगोल विषयको शिक्षकको रुपमा र हिमालय मौसम केन्द्रमा सहायक अनुसन्धानकर्ताको रुपमा पनि काम गरिसकेका छन् ।

डा.रेग्मीले ‘सोपोरो कै नोडल’ भन्ने संस्थाको विश्वव्यापी भुपी परियोजना अन्तर्गत पोस्ट डक्टरेट अनुसन्धान फेलोको काम गरेका छन् । यस सँगसँगै उनीले अमेरिकाको अरिजोना विश्वविद्यालयबाट डेन्ड्रेक्रोनोलोजिकल विषयमा तिन महिने कोर्स पनि गरेका छन् । नेपालमा भने रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा काम गरिरहेका छन् ।

डा.रेग्मीले सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालका अध्यक्षको रुपमा मौसम परिवर्तन इकोलोजि रेस्टोरेशनका लागि काम गरेका छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष हुन् । यी दुवै संस्थाले हिमाली जनताको जनजिवन सुधार्ने काम गर्दछ ।

यसअघि रेग्मीले ‘इम्जा लेक लोअरीङ’ परियोजनामा प्राविधिक सल्लाहाकार र हिमनदी विज्ञका रुपमा काम गरिसकेका छन् जुन परियोजना सफल रुपमा सम्पन्न भएको थियो । त्यसपछि भने हाल उनी तालबाट हाइड्रोपावर उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिहरुमा काम गरिरहेका छन् ।

इम्जा हिमताल फुट्ने जाखिम बढेपछि सरकारले हिमतालको गहिराइ घटनाउन परियोजना सञ्चालन गरेको थियो । त्यसबेला रेग्मीले सो परियोजना सफल बनाएका थिए । डा.रेग्मी हिमतालबाट जलविद्युत उत्पादन गरेर तालको पानी घटाउने प्रविधिहरुमा समेत अध्ययन गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -