- ADVERTISEMENT -

कोरोना भाइरस रोकथामका लागि आवश्यक तयारी गर्न तिन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

January 27, 2020
794
Shares
- ADVERTISEMENT -

काठमाडौं, १३ माघ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रि लगायत तीन मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज तीन मन्त्रीलाई आफ्नो निवास बालुवाटार बोलाएर नियन्त्रणका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई बालुवाटारमै बोलाएर सम्भावित जोखिम र यसको रोकथामका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

छिमेकी राष्ट्र चीनबाट फैलिएको यो भाइरस पछिल्लो समय नेपालमा समेत देखिन थालेपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिनुभएको हो ।

ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

गत डिसेम्बर महिनादेखि चीनमा देखिएको कोरोना नामक नयाँ प्रकृतिको भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने चीनबाट फर्किएका एक नेपालीमा समेत यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । थप दुई जना संक्रमितको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत रहेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवस्था गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -