- ADVERTISEMENT -

होमस्टेमा रमाउँदै आन्तरिक पर्यटक

January 25, 2020
789
Shares
- ADVERTISEMENT -

पर्वत, ११ माघ २०७६ । नेपाल भ्रमण वर्ष २०२० मा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन पर्वतमा खुलेका होमस्टे अर्थात थोरै शुल्कमा खान र बस्न मिल्ने स्थानमा मौलिकतालाई जोड दिन थालिएको छ ।

होमस्टे सञ्चालकले सहरबजारका बनिबनाउ खानाको सट्टामा गाउँमै उत्पादित अन्नका परिकार पाहुनालाई खुवाउने गरेका छन् । पञ्चासे लेकको काखमा रहेको झुरुप्प बस्ती । गाउँले परिवेशको न्यानो अतिथ्यता पाइने । आँखैअगाडी हिमाल ।

- ADVERTISEMENT -

Advertisement

घरआँगन सफा सुग्घर । स्थानीय जनजाती समूदायको लोक संस्कृति । पर्वतको चित्रेमा पुग्ने पर्यटकको मन यस्तो देखेर, अनुभव गरेर फुरुगं हुन्छ । होमस्टे सञ्चालक बिन्दु गुरुङले यहाँ आउने पर्यटकका लागि स्थानीय परिकारको स्वाद चखाउने व्यवस्था गरिएको बताउनुभयो ।

होमस्टे भनेकै मौलिकताको पहिचान हो भन्ने लागेपछि सञ्चालकहरुले बजारमा पाइने बनीबनाउ खानेकुरा राख्न छाडेका छन् । बिहादी–१ बाच्छाका होमस्टे सञ्चालकले गिठा र भ्याकुर समेतका परिकार बनाउँछन । कन्दमूलका रूपमा पाइने गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, तरुल, मकैका च्याँख्लाबाट बनेको आटो, सातु, भुटेका मकै, कोदाको ढिँडो, सिस्नोबाट बनाइने विभिन्न परिकार खान पाइन्छ । तरकारीमा कुरिलो, गेडागुडी, काभ्रो, कोइरालो, गुन्द्रुकलगायत परिकार गेप्ताङ होमस्टेमा पनि पकाउन शुरु गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्लाका करिब दुई दर्जन होमस्टेमा पुग्ने पाहुनालाई ग्रामीण पहिचान दिनका लागि गाउँमै उत्पादित परिकारको व्यवस्था गर्ने प्रतिस्पर्धा चलेको छ । जिल्लाका होमस्टेले फरक पहिचान दिन थालेकोले यसको प्रचारमा जुटेको जिल्ला पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष मनोहर वि। पौडेलको भनाइ छ ।

पर्वतमा नयाँ र पुराना गरि ४३ वटा होमस्टे छन । पुराना र बढी चल्तीका होमस्टेले पर्यटन भ्रमण वर्षलाई मध्यनजर गर्दै मौलिक परिकार पस्किन थालेपछि त्यहाँ पाहुनाहरुको भीड बढ्न थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -