गोरखा, १० माघ २०७६ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औ वार्षिकोत्सव गोरखामा भब्य रुपमा मनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यालयभित्र संचालित राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाको एक्सटेन्सन काउण्टर तथा जिल्ला प्रहरी कार्यालय परिसर भित्र रहेको ए.टि .एम काउण्टरको एक उद्धघाटन समारोहकाबीच प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेबाट उद्घाटन सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाका शाखा प्रवन्धक कपिल कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको आतिथ्यता प्रमुख जिल्ला अधिकारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुखहरु लगायत कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको सम्रग देशको वित्तीय तथा बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनु भयो साथै जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउण्टर संचालन हुदाँ सेवाग्राहीलाई राजस्व जम्मा गर्नको लागि निकै सहजता मिलेको समेत बताउनुभएको थियो ।









































