Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४१ बिहान
- ADVERTISEMENT -

टी–२० विश्वकप क्रिकेट २०२१ को छनोट प्रतियोगितामा नेपाल

प्रकाशित मिति: २०७६ माघ १०, शुक्रबार

800
Shares

काठमाडौं, १० माघ २०७६ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ को लागि छनोट प्रकृया तय गरेको छ ।

टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ भारतमा हुने तय गरिएको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२० भने अष्ट्रेलियामा आगामी अक्टुबर महिनाको लागि निर्धारण गरिएको छ ।
आईसीसीका अनुसार क्रिकेटको सबैभन्दा सानो स्वरुपको विश्वकप प्रतियोगिताको लागि ११ वटा क्षेत्रीय छनोट स्पर्धा हुनेछन् ।

आईसीसीले छनोटका लागि पाँच क्षेत्र तोकेकोमा उक्त पाँच क्षेत्रमा ११ वटा स्पर्धा हुनेछन् । अफ्रिका, अमेरिका, एसिया, पूर्वी–एशिया प्रशान्त र यूरोप गरी आठ टोलीले स्पर्धा गर्नेछन् ।
आईसीसीले यसअघि च्याम्पियन्स ट्रफीको आयोजना गर्दै आएको थियो । च्याम्पियन्स ट्रफीको स्थानमा अब देखि टी ट्वान्टी विश्वकपको आयोजना गरिने आईसीसीले जनाएको छ ।

उक्त प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । १२ टोली सिधै विश्वकप खेल्न योग्य हुनेछन् भने बाँकीको चार टोलीको टुंगो लगाउन आठ आठ गरी दुई समूहमा विभाजित १६ टोलीले छनोट खेल खेल्नुपर्नेछ ।

नयाँ व्यवस्था बमोजिम आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेट २०२० मा पुछारमा रहने चार टोली आगामी संस्करणको छनोट खेलको लागि स्वतः योग्य हुनेछन् । त्यसैगरी, जनवरी १, २०२० को दिन आईसीसी विश्व वरियतामा शिर्ष स्थानमा रहने चार टोली पनि स्वतः छनोटका लागि योग्य हुने व्यवस्था गरिएको छ । जसबमोजिम जिम्बाबवे, नेपाल, यूएई र हङ्कङ छनोटका लागि सिधै योग्य भएका छन् । आईसीसीको टी ट्वान्टी विश्व वरियतामा नेपाल २०१९ को देखि नै बाह्रौं स्थानमा यथावत् रहेको छ ।

छनोट खेल्न बाँकीको आठ टोलीले क्षेत्रीय स्पर्धा खेलेर ‘ग्लोबल’छनोट प्रतियोगिताका लागि स्थान सुनिश्चित गर्नुपर्नेछ । १६ टोलीबीचको ‘ग्लोबल’ छनोट प्रतियोगितामा दुई समूहका शिर्ष रहने दुई दुई टोलीले विश्वकप टी ट्वान्टी क्रिकेट २०२१ को लागि स्थान सुनिश्चित गर्नेछन् ।

नेपालले टी ट्वान्टी विश्वकपको ‘ग्लोबल’ छनोट प्रतियोगितासम्म पनि पुग्न सकेको थिएन । सिंगापुरमा भएको क्षेत्रीय छनोट प्रतियाृेगिताबाट बाहिरिदा नेपालले यूएईका लागि निर्धारित ‘ग्लोबल’ छनोट खेल्न पाएको थिएन । यूएईमा गत् नोभेम्बर–डिसेम्बर महिनामा सम्पन्न ग्लोबल छनोट प्रतियोगिताबाट छ टोलीले अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप क्रिकेट २०२० को लागि स्थान सुनिश्चित गरेको छ ।

उक्त प्रतियोगितामा नेदरल्याण्ड्स विजेता र पपुवान्यूगिनी उपविजेता हुँदै विश्वकप २०२० को लागि छनोट भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -