Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:५५ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा – निर्वाचन आयोग

प्रकाशित मिति: २०७६ माघ ८, बुधबार

801
Shares

काठमाडौं, ८ माघ २०७६ । निर्वाचन आयोगले भोली बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

निर्वाचनमा आवश्यक रहेको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको आयोगले जनाएको छ। निर्वाचन हुने उच्च अदालत रहेका जिल्लाको सदरमुकामलाई तोकिएको छ । राष्ट्रिय सभाको निर्वाचनको लागि कास्की, मोरङ, धनुषा, ललितपुर, दाङ, सुर्खेत र डोटीमा निर्वाचन कार्यालय स्थापना भैसकेका छन् ।

प्रदेश नं १ को विराटनगर महानगरपालिका विरेन्द्र सभा गृहमा मतदानस्थल तोकिएको छ । सो केन्द्रमा प्रदेश सभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २८४ गरि ३६७ मतदाता रहेका छन् । प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधी स्मृती भवनमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्य तर्फ १०७ र स्थानीय तहतर्फ २७२ गरि कूल ३७८ मतदाता रहेका छन् ।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ । यो प्रदेशका प्रदेश सभाका ११० र स्थानीय तह सदस्य २३८ गरि कूल ३४८ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा तोकिएको छ । गण्डकी प्रदेशमा प्रदेश सभाको ६० जना, स्थानीय तहका १७० जना गरि कूल २३० मतदाता रहेका छन् । प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । प्रदे सभाका ८७ र स्थानीय तहका २१८ गरि कूल ३०५ जना मतदाता रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदानस्थल तोकिएको छ । प्रदेश सभाका ४० र स्थानीय तहका १५८ गरि १९८ मतदाता रहेका छन् ।

सुदुरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण उमाविमा मतदानस्थल छ । प्रदेश सभाका ५३ र स्थानीय तहका १७६ गरि कूल २९९ मतदाता रहेको पत्रकार सम्मेलन गरि आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको लागि सातओटा प्रदेशमा प्रदेश सभाका ५५० र स्थानीय तहका १५०६ जनाले मतदान गर्नेछन् । प्रदेश सभाको सदस्यहरुको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको निर्वाचन आयोगले जनाएको छ । सात जना प्रदेशवाट १८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा ११ओटा दलहरुले आयोगमा दल दर्ता गराएका छन् । ४५ जना उम्मेदबार चुनावी प्रतिस्पर्धामा रहेको प्रमु्ख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -