Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:३५:१६ बिहान
- ADVERTISEMENT -

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए

प्रकाशित मिति: २०७६ माघ ८, बुधबार

870
Shares

काठमाडौँ, ८ माघ २९७६ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् ।

‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए पनि कम हुन्छ । मैले नेपाल फर्केर नेपाली दाजुभाइ, परिवार, छोरा छोरी, श्रीमतीसँग भेट्न पाउँछु भनि आशा नै मारिसकेका थिएँ, तर सरोजजीको प्रयासले मैले नयाँ जीवन पाएँ ।’ नेपाल फर्केका उमेश यादवले भने ।

मृत्युदण्ड सुनाइएपनि ब्लडमनी तिरेपछि पीडित पाकिस्तानीका परिवार उमेशलाई आममाफी दिन तयार भएका हुन् । पीडित परिवार आममाफी दिन तयार भएकाले पनि आफूले नयाँ जीवन पाएको भन्दै उमेशले उनीहरुलाई पनि धन्यावाद दिए । यो सबै मिलाउन अथक पहल परोज रायले गरेका थिए । ‘पाकिस्तानी परिवारलाई भेटेर उनीहरुलाई कन्भीन्स गर्ने काम सरोजजीले गर्नुभएको थियो, उहाँ मेरो लागि भगवान नै हुनुहुन्छ’, उनले भने, ‘जेलमा हुँदा म र मेरो परिवारले धेरै ठूलो पीडाको सामना गर्नुभएको थियो ।’

आफूलाई छुटाउन नेपाल सरकारबाट पहल नभएको उनले गुनासो गरे । तर, उमेश यादवलाई बचाउनकै लागि सरोज राय तीन पटक पाकिस्तान र एकपटक साउदी अरब गएका थिए । यस्तै नेपालस्थित पाकिस्तानी दुतावास, परराष्ट्र मन्त्रालयमा कयौपटक उनी धाएका थिए ।

धनुषाका उमेश यादव सन् २००७ वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । साउदीको गएको ६ महिना नपुग्दै त्यहाँ एउटा घटना भयो, जुन घटनाका कारण उमेश जेल परेका थिए ।

आपसी विवादपछि झडप भएको र त्यसमा पाकिस्तानी कामदार मोहम्मद लतिफको मृत्यु भएको थियो । त्यहाँको अदालतले आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा लतिफलाई उमेश यादवले रड हानेर हत्या गरेको फैसला सुनाएको थियो । उनीसँगै सो घटनामा उनका भाइ दिनेश यादव पनि पक्राउ परेका थिए  । तर छ महिनापछि रिहा भएर उनी घर फर्केका थिए ।

उमेशलाई भने त्यहाँको पुनरावेदन अदालतले २०७५ वैशाख २ गते मृत्युदण्ड दिने फैसला गरेको थियो । यसअघि  जनरल कोर्टले सन् २०७३ चैत २ मा उमेश यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो ।

तर, जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले त्यहाँको पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । सोही पुनरावेदन अदालतले उमेशलाई  मृत्युदण्डको फैसला सुनाएको हो । उमेशलाई मृत्युदण्ड सुनाइएको सो खबर नेपाली सञ्चारमाध्यमा समेत महत्वका साथ छापिएको थियो ।

सोही मृत्युदण्डको समाचार थाहा पाएर अभियन्ता सरोजले उनको ज्यान जोगाउन पहल थालेका थिए ।

त्यसैक्रममा उनले यदि लतिफका परिवारले माफी दिए उमेशलाई उमेशलाई बचाउन सकिन्छ भने कुरा थाहा पाए, त्यसपछि उनी लतिफको परिवारलाई भेट्न उनी पाकिस्तान पुगेका थिए ।

हुन त मृत्युदण्डको फैसला हुनुअघि नै ०७४ फागुन पहिलो हप्तादेखि नै सरोज ‘उमेश बचाउ अभियान’ मा लागेका थिए ।  सरोजले नेपालमा परराष्ट्र र श्रम रोजगार मन्त्रालय गएर कुरा राखेका थिए । काठमाडौंस्थित पाकिस्तानी दूतावास पनि पटक पटक पुगेका थिए ।  साउदीका नेपाली राजदूत, पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेतालगायत सम्बन्धित धेरै पक्षलाई पनि उनले त्यतिबेला भेटेका थिए । सोही बीचमा अदालतबाट मृत्युदण्डको फैसला भएपछि उमेशलाई बचाउन उनले अभियान थत तीव्र पारेका थिए ।

सोही क्रममा उनी पहिलो पटक २०७५ वैशाख ९ गते नेपालबाट पाकिस्तानका लागि उडेका थिए । अनि पाकिस्तानको कराँची पुगेका थिए । त्यहाँ गएर उनले लतिफका परिवारलाई भेट्नुको साथै कानुन प्रकृया पनि शुरु गरेका थिए । पिडित परिवार पनि उमेशलाई माफी दिन राजी भएका थिए ।

त्यसका लागी ३० लाख ब्लडमनी दिनुपर्ने थियो । जसअनुसार  सहयोग संकलन गरी पीडित परिवारलाई साउदीस्थित नेपाली दूतावासमार्फत ब्लडमनी बुझाइयो ।  अन्ततः सरोजले थालेको पहलमा उमेश यादव रिहा भएर नेपाल फर्कन सफल भए ।  रातोपाटीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -