Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:०५ बिहान
- ADVERTISEMENT -

अन्नपूर्ण पदयात्रामा चुनौतीपूर्ण बन्दै हिङ्कु हिमपहिरो

प्रकाशित मिति: २०७६ माघ ८, बुधबार

574
Shares

पोखरा, ८ माघ २०७६ । अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमाल अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री वर्षेनी ठूलो सङ्ख्यामा आउने गरेछन् ।

पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा पछिल्ला केही वर्षयता हिङ्कु क्षेत्रमा गइरहेको पहिरो चुनौतीपूर्ण बन्दै गएको छ ।

पदयात्रा मार्गको हिमालयबाट माथि देउरालीको बीच करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कु आसपासमा यही माघ ३ गते बिहान १० बजे आएको हिमपहिरोमा बेपत्ता भएका चार कोरियाली नागरिकसहित तीन जना नेपाली अहिलेसम्म पनि सम्पर्कविहीन छन् । उक्त पहिरोबाट केही नेपाली तथा केही विदेशी पर्यटक भने जोगिन सफल भएका छन् ।

वर्षेनी हिमपहिरो गइरहने हिङ्कु आसपासको क्षेत्रमा यसवर्ष पनि ठूलो पहिरो गएको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिनुभयो । ‘‘हिमपहिरोका कारण हराइरहेका व्यक्तिको खोजीमा उद्धार टोली पुगे पनि मौसमको प्रतिकुलताका कारण समस्या भइरहेको छ’’, उहाँले भन्नुभयो ।

अत्याधिक सङ्ख्यामा स्वदेशी एवं विदेशी पदयात्री पुग्ने यस पदयात्रा मार्गमा वर्षेनी जाने गरेको हिमपहिरोका कारण यस क्षेत्रको पदयात्रा पर्यटनलाई प्रभावित बनाएको उहाँले बताउनुभयो ।

“हिङ्कु आसपासमा वर्षेनी पहिरो जान थालेपछि यसको जोखिमबाट बच्न र पर्यटकलाई सुरक्षित आधार शिविरसम्म पु¥याउन तत्कालीन विकल्प खोज्नु पर्ने देखिन्छ,” उहाँले भन्नुभयो, “यस क्षेत्रमा अत्यन्त साँघुरो ठाउँ भएका कारण वर्षेनी जाने गरेको पहिरो छलेर तत्काल आसपासबाट अर्को वैकल्पिक पदमार्ग निकाल्न पनि समस्या छ ।”

साँघुरो भूगोल र भौगालिक अवस्थालाई दृष्टिगत गरी देउरालीबाट हिङ्कुसम्म रोपवे राख्न सकिने विकल्पबारे छलफल थाल्नुपर्ने भएको उहाँले बताउनुभयो । वर्षेनी जाने पहिरोको समस्या र अन्य विकल्प नभएको वास्तविकतामा यस ठाउँमा  करीब ७०० मिटरको दुरीमा रोपवे राख्न सके यहाँको दीघकालीन समाधान हुनसक्ने उहाँको तर्क छ ।

पदयात्रा पर्यटनको आकर्षक गन्तव्य यस ठाउँको पदयात्रालाई बचाइराख्न सबैले सोच्नुपर्ने बेला आएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो । अन्नपूर्ण क्षेत्र र आसपासमा हिमपहिरो खस्ने समस्या बढ्दै जानु पदयात्रा पर्यटनका लागि चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।

अन्नपूर्ण क्षेत्रमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै हुने गरेको कम्पन पनि हिमपहिरोको कारण हुनसक्ने बताउँदै उहाँले यी क्षेत्रमा हेलिकप्टरको प्रयोग रोक्न टानका तर्फमा माग गरिँदै आइए पनि त्यसको सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो ।

“अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको प्रयोगले पर्यावरणीय सन्तुलनलाई प्रभाव त पारेको छ नै पछिल्ला समयमा यसको प्रभावका कारण हिउँपहिरो खस्ने क्रम पनि बढेको छ,” उहाँले भन्नुभयो, “हेलिकोप्टरको प्रयोगलगायत प्रकृति विरोधी गतिविधि बढ्दै जाने र यसको नियन्त्रणमा बेवास्ता गरिएमा निकट भविष्यमा अन्य ठूला विपत्ति पनि नआउला भन्न सकिंदैन ।”

हिङ्कु क्षेत्रमा गएको पहिरोसँगै हराइरहेका व्यक्तिको खोजीका लागि टानले सरोकारवाला सबैसँग सहकार्य गर्दै खोजी कार्यमा सक्रियता देखाएको उहाँले बताउनुभयो । हिमपहिरो गएको क्षेत्रमा घटना लगत्तै उद्धार टोली खटिएकामा कोरियाको प्राविधिक टोली पनि आइतबारदेखि खोजीमा लागेको उहाँले जानकारी दिनुभयो ।

खोजीका लागि नेपाली सेनाको अर्को टोली आज त्यसतर्फ जान लागेको जानकारी दिँदै भुजेलले मौसमको प्रतिकूलताका कारण खोजीकार्यमा अझै पनि कठिनाइ भइरहेको बताउनुभयो । घटनास्थलमा बाक्लो हिउँ जमेको तथा हिउँ पर्ने क्रम पनि कायमै रहेकाले बेपत्ता नागरिकको अवस्था पत्ता लाग्न नसकेको उद्धारमा संलग्नले बताएका छन् ।

 भौगोलिक विकटता सञ्चार, सडकलगायतका पूर्वाधार नभएकाले पनि खोेजी कार्यमा अप्ठ्यारो भएको छ । पछिल्ला दिनमा मौसमको न्युनचापीय प्रणालीका कारण यस क्षेत्रको मौसममा फेरबदल भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो याममा पश्चिमको न्युनचापीय प्रणाली आउनु स्वभाविक भए पनि यसवर्ष छोटो–छोटो समयमा यो प्रणाली देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा यही प्रणालीकै कारण हिमपात भइरहेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -