- ADVERTISEMENT -

जराङ कप २०७६ को उपाधि खोप्लाङ क्लवको हातमा

January 21, 2020
1065
Shares
- ADVERTISEMENT -

गोरखा, ७ माघ २०७६ । जराङ कप २०७६ को उपाधि खोप्लाङ क्लवको हातमा पर्न सफल भएको छ । जराङ कप २०७६ को २० औ सस्करण सम्पन्न भएको हो । जनप्रेमी युवा क्लब जराङको आयोजनामा यहि माघ १ गतेदेखि ६ गतेसम्म संचालन गरिएको उक्त खेलमा जम्मा  २५ टिमको सहभागिता रहेको थियो ।

यहि माघ ६ गते समापनको दिन प्रमुख अथिति बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा, बारपाक सुलिकोट गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कृष्ण ब गुरुङ, जिल्ला समन्वय समिति सदस्य तेज ब बराम, क्लबका अध्यक्ष गिर ब गुरुङ, स्थानीय बासिन्दा, समाजसेबीलगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

अन्य विभिन्न टिमलाईपछि पार्दै डिफेन्डिड च्याम्पियन खोप्लाङ एफ सि ले यस बर्ष पनि विजयी हुन सफल भएको छ । फाइनल खेलमा नबदुर्गा एफ सि लाई २-० को गोललेपछि पार्दै खोप्लाङ क्लवले उपाधि हात पार्न सफल भएको हो ।

त्यसैगरी, फाइनल खेलको उप-बिजेता नबदुर्गा एफ सि राम्चे दोस्रो स्थान हासिल गर्न सफल भएको छ । जसमा पहिलो हुने खोप्लाङ क्लव लाई सत्तरी हजार नगदराशी सहित कप, मेडलका साथै प्रमाणपत्र पत्रले सम्मानित गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, दोस्रो हुने राम्चे क्लव लाई पैतिस हजार नगदराशी सहित, कप, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

त्यसैगरी, खेल अबधीभर धरै गोल गरी सर्बाधिक गोलकर्ताको उपाधी खोप्लाङ एफ सि का अन्तिम गुरुङ लाई दुई हजार नगदराशी सहित ट्रफिले सम्मानित गरिएको थियो ।

साथै, खेल अबधीभर उत्कृष्ट खेल प्रदशन गरी उत्कृष्ट खेलाडीको उपाधी खोप्लाङ एफ सि का सुरेश क्षेत्री लाईदुई हजार नगदराशी सहित ट्रफिले सम्मानित गरिएको थियो । उत्कृष्ट गोलकिपरको उपाधी भने राम्चेका राजिभ तामाङ लाई दुई हजार नगद राशीसहित ट्रफिले सम्मानित गरिएको थियो ।

त्यसैगरी, पहिलो र दोस्रो हुने टिमका टिम मेनेजरलाई जनप्रेमी युवा क्लब (आयोजक) ले मायाको चिनो प्रदान प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -