Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५०:०२ बिहान
- ADVERTISEMENT -

दोस्रो नगरकोट महोत्सव हुँदै

प्रकाशित मिति: २०७६ माघ ६, सोमबार

936
Shares

भक्तपुर, ६ माघ २०७६ । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वोच्च हिमशिखर सगरमाथा लगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने लक्ष्य लिइएको छ ।

पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । सोनाम ल्होछारको समेत अवसर पारेर हुन लागेको महोत्सवमा ६० देखि ७० वटा प्रदर्शनीकक्ष रहने जानकारी दिँदै उहाँले महोत्सवका लागि पर्यटन बोर्ड, चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, विभिन्न व्यवसायी र होटल व्यवसायीको प्रायोजन रहने गरी कार्यक्रमको तयारी गरेको उहाँले बताउनु भयो ।

महोत्सवमा स्थानीय विभिन्न खानाको परिकार, स्थानीय कृषि उत्पादन, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रवद्र्धनसम्बन्धी प्रदर्शनीकक्ष रहने छन् ।

महोत्सवमा ख्याति प्राप्त करिब १३ जना गायक गायिका, चर्चित कलाकारको साङ्गीतिक एवं हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहने छन् । स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुति र लोपोन्मुख बाजागाजा प्रदर्शन गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -