Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:४३:२३ राति
- ADVERTISEMENT -

सांस्कृतिक अनुवाद : केही दृष्टान्त एवम् परिचर्चा’ विषयक अनुवादसम्बन्धी विचारगोष्ठीको आयोजना

प्रकाशित मिति: २०७६ माघ ५, आइतबार

882
Shares

काठमाडौं, ५ माघ २०७६ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद : केही दृष्टान्त एवम् परिचर्चा’ विषयक अनुवादसम्बन्धी विचारगोष्ठीको आयोजना गरिएको छ ।

गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुवादले नै एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले असमका नेपाली लेखकहरूले आफ्नो पितृभूमिको भाषामा लेखेका कृतिले त्यहाँको संस्कृति जीवन्त बनाएको बताउनुभयो । उहाँले अनुवाद गर्दा ‘हरे राम हरे कृष्ण’ जस्ता शब्दावलीको अर्को अर्थ नखोजी त्यस्ता शब्दावलीलाई नबङ्ग्याई जस्ताको तस्तै राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमा अनुवादको अपरिहार्यतामाथि जोड दिँदै नेपाली साहित्यलाई विश्वका अन्य भाषामा र विश्वका विभिन्न भाषाका साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा प्रज्ञा–प्रतिष्ठान प्राथमिकताका साथ लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनुवाद गर्नका लागि अनुवादकला चाहिन्छ । यसका लागि कसरी उत्कृष्ट अनुवाद गर्ने भनेर अनुवादकले विचार पु¥याउनु पर्ने हुन्छ ।’ उहाँले अनुवादका लागि प्रज्ञा–प्रतिष्ठान संस्थागत रूपमै अघि बढिरहेको र अनुवादका क्षेत्रमा बहुपक्षीय कामहरू भइरहेको सुनाउनुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आजको दुनियाँ अनुवादको दुनियाँ भएको उल्लेख गर्दै बिनाअनुवाद साहित्यको अन्तर्राष्ट्रियकरण हुन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रयोगका माध्यमबाट अनुवाद कला सिकाउन सक्ने अनुवादक स्वयं कार्यपत्र प्रस्तोता भट्टराई भएको उल्लेख गर्दै ‘नेपाली लेखकले नोबेल पुरस्कार नपाएसम्म म मर्दिनँ’ भन्ने वाङ्मय शताब्दी पुरुषको अठोटलाई नेपाली स्रष्टा लेखक तथा अनुवादकले नोबेल पुरस्कार प्राप्त गर्ने गरी कृतिको पहिचान र अनुवाद गर्नुपर्नेमा जोड दिनुभयो ।प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग प्रमुख एवम् कार्यक्रमकी संयोजक प्रा.डा. उषा ठाकुरले कार्यक्रमको विषयमाथि प्रकाश पार्दै विश्वका विभिन्न भाषा बोल्ने मानिससँग भावानात्मक र भाषिक सम्बन्ध सम्प्रेषणीय ढङ्गले गाँस्ने सेतु भनेकै अनुवाद भएको हुँदा अनुवाद कार्य महत्वपूर्ण रहेको बताउनुभयो ।

सोही अवसरमा उहाँले आफ्नो अनुवाद विभागबाट भए–गरेका कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -