- ADVERTISEMENT -

राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त

January 17, 2020
631
Shares
- ADVERTISEMENT -

एजेन्सी, ३ माघ २०७६ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीमा मिखाइल मिशुस्टिनलाई नियुक्त गरेका छन् । राष्ट्रपति पुटिनले तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।

क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ ।

- ADVERTISEMENT -

Advertisement

अधिकारीहरुका अनुसार पुटिनको आग्रहलाई मिखाइलले स्विकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको हो ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको जनाएको छ ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको जनाइएको छ ।

प्रधानमन्त्रीले भने, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाइँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी पनि छु । –सिन्ह्वा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -