- ADVERTISEMENT -

बेल्जियमकी राजकुमारी नेपाल आउँदै

January 16, 2020
665
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ माघ २०७६ । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन् । परराष्ट्रमन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन् । राजकुमारीले बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेकी हुन् ।

५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन् । राजा अल्वर्ट द्धितिय र रानी पावलाकी दोस्रो सन्तान एस्ट्रिडले यहाँ रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ । उनका पिता अल्वर्ट द्धितियले सन् ८० को दशकमा नेपालको अनौपचारिक भ्रमण गरेका थिए । उनका दाजु वर्तमान राजा फिलिपले सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमण गरेका थिए। बेल्जियमका राजपरिवारका तर्फबाट सन् १९९८ पछि हुन लागेको यो पहिलो भ्रमण हो ।

- ADVERTISEMENT -

Advertisement

उनको भ्रमणले नेपालको पर्यटन प्रवर्दनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । नेपालले यसै वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाईरहेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाल भ्रमण वर्ष २०२० मनाई रहँदा बेल्जियमकी राजकुमारीको नेपाल भ्रमणले पर्यटनमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

नेपाल रहँदा उनले चितवन र धनगढीको भ्रमण गर्ने छिन्। सो अवसरमा दामियन फाउन्डेसनद्वारा सञ्चालित स्वास्थ्य संस्थाको अवलोकन गर्नेछिन् । उनका साथमा पति लरेन्ज र सरकारी अधिकारी समेत नेपाल आउने छन् । भ्रमणका सिलसिलामा बेल्जीयम स्थित नेपाली राजदूत लोकबहादुर थापा पनि नेपाल आउने छन् । विगतमा नेपाल र बेल्जियमको दरबारबीच लामो सम्वन्ध थियो । नागरिक दैनिकमा खबर छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -