Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:१६ बिहान
- ADVERTISEMENT -

एक दिनमा नै एक हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश

प्रकाशित मिति: २०७६ पुस २९, मंगलबार

1036
Shares

भैरहवा, २९ पौष २०७६ । रुपन्देहीको बेलहिया नाका हुँदै एकै दिन एक हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश गरेका छन् ।

उक्त नाकाबाट सोमबार दक्षिण कोरिया, कम्बोडिया, मलेसियालगायतका मुलुकबाट त्यतिको सङ्ख्यामा लुम्बिनी आएका हुन् । रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट पर्यटक सबैभन्दा बढी भित्रिने नाकाको रूपमा परिचित छ ।
त्यसरी नेपाल भित्रिएका पर्यटकको भव्य स्वागत गरिएको छ । सिद्धार्थ होटल एसोसिएसनको आयोजनामा दक्षिण कोरियाली पर्यटकको स्वागत गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहकार्यमा भारतको कुशीनगर हुँदै लुम्बिनी भ्रमण गर्न नेपाल आएका विदेशी पर्यटकको स्वागत गरिएको हो । सिद्धार्थ होटल एसोसिएसन, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) प्रदेश पाँच, बेलहिया गाउँ समाजले दक्षिण कोरियाका भ्रमण टोलीको बेलहिया नाकामा स्वागत गरेका हुन् ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले दक्षिण कोरियाबाट आएका ४५६ विशिष्ट तथा अति विशिष्ट सरकारी कर्मचारीका टोलीलाई बेलहियामा स्वागत गरेको बताउनुभयो ।

श्रेष्ठले लुम्बिनी विकास कोषको सहयोगमा उनीहरूको स्वागत गरेको जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष शुभारम्भ भएको दोस्रो सातामै ठूलो सङ्ख्यामा लुम्बिनी आएका विदेशी पर्यटकले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश पु¥याउने र यसले भ्रमण वर्ष सफल पार्न ठूलो मद्दत मिल्ने उहाँले बताउनुभयो ।

सिद्धार्थ होटल एसोसिएसनका महासचिव रवि घिमिरेले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले कार्यक्रम गरिरहँदा सरकारी प्रतिनिधिको कुनै उपस्थिति नहुँदा खिन्नता महसुस भएको बताउनुभयो । घिमिरेले निजीस्तरबाट मात्र लागेर भ्रमण वर्ष सफल नहुने बताउँदै सरकारले पनि यसमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -