काठमाडौं, २९ पौष २०७६ । वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।
सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिनुभयो ।
दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताउनु भयो । उनका एक छोरा एक छोरी र श्रीमती छन् ।








































