- ADVERTISEMENT -

विदेशस्थित नेपाली दूताबासमा ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ

January 11, 2020
756
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ पौष २०७६ । नेपालमा जनवरी १ तारिख नेपालमा भब्य रुपमा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन भयो । यही दिन सातै प्रदेशले पनि नेपाल भ्रमण वर्षको उद्घोष गर्यो । तर जनवरी १ मा विदेशमा नयाँ वर्षको बिदा परेको हुदा अधिकांश नेपाली दूताबासले जनवरी ७ मा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेका छन् ।

मलेसिया, क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत धेरै दूतावासले जनवरी ७ मा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाली दूतावासको कार्यालय, क्वालालम्पुरमा विशेष कार्यक्रमको गरेर नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ गरेको छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउन मलेसियामा कार्यक्रम शुभारम्भ गरिएको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।शुभारम्भ कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडियालगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालले सफलता पुर्वक पर्यटक वर्ष मनायने धारण राखेका थिए। पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचारप्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा मन्त्री केतापीको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रलेखेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीलगायतका विषयमा प्रकाश पारेका थिए।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -