Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:२२ बिहान
- ADVERTISEMENT -

चार वटा अमेरिकी दूतावासमा आक्रमणको जानकारीपछि सुलेमानीको हत्या गरिएको ट्रम्पको दाबी

प्रकाशित मिति: २०७६ पुस २६, शनिबार

1094
Shares

काठमाडौं, २६ पौष २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताउनुभएको छ ।

फक्स न्यूज च्यानलसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले ४ वटा अमेरिकी दूतावासमा इरानले आक्रमण गर्न लागेको थाहा पाएपछि सुलेमानीको हत्या गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावातमा भएको प्रदर्शनको केही दिनपछि सुलेमानीको हत्या भएको थियो । ओहिओ राज्यमा निकालिएको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दूतावासमा आक्रमणको जानकारी पाएपछि सुलेमानीको हत्या गरिएको बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पको भनाईमा विदेशमन्त्री माइक पोम्पियोको पनि समर्थन छ । हजारौं मानिसको ज्यान जानुमा सुलेमानी मुख्य जिम्मेवार रहेको आरोप पनि ट्रम्प र पोम्पियोले लगाएको बीबीसीले जनाएको छ ।

यमनमा रहेका इरानका कमान्डर अब्दुल रेजा सालाईको पनि अमेरिकाले हत्याको योजना बनाएको नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले बताएको खबरमा उल्लेख छ । तर यो आक्रमणमा भने सालाई बाँचेका ति अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी नौसेनाले अरेवीयन सागरमा नियमित यात्रा गरिरहेको बेला रुसी नौसेना जहाज आक्रामक रुपमा अघि बढेको आरोप लगाएको छ । उसले पाँचपटक खतराको विस्फोट गराएपछि मात्रै रुसी जहाजले बाटो परिवर्तन गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले भने यो आरोपको खण्डन गर्दै अमेरिकी नौसेनाले अन्तराष्ट्रिय नियम उल्लघंन गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -