जापान, २५ पौष २०७६ । विश्वमा यदि तपाई जहाँ पनि चाहनु हुन्छ भने तपाईसँग पासपोर्ट हुनु हुन्छ, तर केही देशको पासपोर्ट यति शक्तिशाली हुन्छ कि तपाई जुनसुकै देशहरुको यात्रा सजिलैसँग गर्न सकिन्छ ।
‘हेनले पासपोर्ट इन्डेक्स’ ले यो बर्षको सुची जारी गर्दे बताएको छ कि सबैभन्दा बलियो पोसपोर्ट कुन देशको छ । यो लिस्ट अनुसार, जापानको पासपोर्ट पहिलो स्थानमा परेको छ । यसपछि दोस्रो स्थानमा सिंगापुरले स्थान पाएको छ भने तेस्रो स्थानमा कोरिया र जर्मनीका पासपोर्ट छन् ।
त्यस्तै नेपालको पासपोर्ट १०१ स्थानमा परेको छ, जुन स्थानलाई निकै नै कमजोर मानिन्छ । नेपालको पासपोर्ट धारक केबल ३८ देशमा मात्र यात्रा गर्न सक्छन् । सबैभन्दा कमजोर पासपोर्र्ट अफगानिस्तान रहेको छ । उ १०७ स्थानमा परेको छ र मात्र २६ देशमा मात्र यात्रा गर्न पाउँछ ।
पहिलो स्थानमा परेको जापानको पासपोर्ट राख्ने मानिसले १९१ देशमा फ्रि इन्ट्रि अथवा भिजा अन अराइव सुविधा अन्तर्गत यात्रा गर्न सक्दछन् । जापानको पासपोर्ट धारक कुनै पनि देशमा जानु भन्दा पहिला दुखी हुनु आवश्यक छैन ।
दोस्रो स्थानमा रहेको सिंगापुरको पासपोर्ट धारक १९० देशको यात्रा गर्न सक्दछन् । सिंगापुरको पासपोर्ट पनि धेरै शक्तिशाली मानिन्छ । यानी यो देशका नागरीक विश्वको लगभग सबै देशमा जान सक्छन् ।
त्यस्तै तेस्रो स्थानमा परेको दक्षिण कोरिया र जर्मनीका पासपोर्ट धारक विश्वको १८८ देशका बिना भिजा प्रवेश गर्न सक्दछन् ।








































