- ADVERTISEMENT -

राजपरिवारको बरिष्ठ सदस्यको भुमिकाबाट अलग हुने घोषणा

January 9, 2020
647
Shares
- ADVERTISEMENT -

अमेरिका, २४ पौष २०७६ । ब्रिटेनकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारीले आफु र आफनी पत्नी मेगन मर्केल राजपरिवारको बरिष्ठ सदस्यको भुमिकाबाट अलग हुने घोषणा गरेका छन् ।

प्रिन्सले भनेका छन कि उनी अब आफैलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनको लागी काम गर्नेछन् । डयूक र डचेज अफ ससेक्स द्धारा लिइएको यो निर्णयले ब्रिटेनका राजपरिवारमा हलचल मच्चिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रिन्स ह्यारी र मेगनले एक बयान जारी गर्दे भनेका छन कि अब यी दुबैजना ब्रिटेन र उत्तरी अमेरिकामा आफनो समय ब्यतीत गर्नेछन् । भनिएको छ कि शाही जोडीको यो घोषणाभन्दा पहिला शाही परिवारको कुनै सदस्यसँग कुनै सल्लाह लिइएको थिइएन र उनीहरुको त्यो निर्णयले शाही परिवार धेरै निराश बनेको छ ।

प्रिन्स ह्यारी र मेगनले सोशल मिडिया प्लेटफर्म इंस्टाग्राममा संयुक्त धारणा जारी गर्दे उक्त धारणा सार्वजनिक गरेका हुन् । उनीहरुले केही महिनादेखीको विचार विमर्श पछि मात्र यो निर्णय लिएको बताएका छन् । बयानमा शाही जोडीले भनेका छन कि ‘हामी शाही परिवारको सदस्यको हैसियतबाट हट्न चाहन्छौ र आफैलाई आर्थिक रुपबाट स्वतन्त्र हुनको लागी काम गर्न चाहन्छौ । तर हाम्रो समर्थन भने महारानीलाई सधै रहिरहनेछ ।’

- ADVERTISEMENT -

Advertisement

उनीहरुले भनेका छन कि उनीहरु दुबै अब ब्रिटेन र उत्तरी अमेरिका दुबै ठाउँमा बसेर आफनो समय ब्यतित गर्न चाहन्छन् । बयानमा उनीहरुले भनेका छन कि यो भौगोलीक सन्तुलनले हामीहरुलाई आफना छोरालाई शाही तरिकासँगै पालनपोषणमा मद्यत मिल्नेछ । यसमा हामीहरुले समय पनि पाउनेछौ जसबाट हामी जिवनको नयाँ अध्यायमा केन्द्रित हुन सकिनेछ र आफनो नयाँ परोपकारी संस्था स्थापना गर्ने मौका पनि मिल्नेछ ।

मे २०१८ मा ह्यारी र मेगन को शाही परम्परा अनुसार विवाह भएको थियो र त्यसपछि दुबैलाई ससेक्सको डयूक र डचेसको उपाधि दिइएको थियो । मे २०१९ मा जोडीले आफनो पहिलो सन्तान आर्ची ह्रिसन माउन्टबेटन विंडसर लाई जन्म दिएका थिए ।

बर्तमानमा ह्यारी ब्रिटिश राज सिंहासनको लागी ६ औ स्थानमा छन् । मिडियामा आएको खबर अनुसार, ह्यारी र मेगनले क्यानडामा ६ महिना छुट्टी मनाएर फर्केपछि सार्वजनिक जिवनबाट अलग हुने निर्णय लिएका हुन् ।

पछिल्लो बर्ष प्रिन्स ह्यारीले आफना दाई प्रिन्स विलियम सँग मीडियामा आएको मनमुटाव लाई स्विकारेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -