- ADVERTISEMENT -

इरानमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

January 9, 2020
775
Shares
- ADVERTISEMENT -

अमेरिका, २४ पौष २०७६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । नेपाली समयअनुसार गएराति उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बनाउनुभएको हो ।

दश मिनेटभन्दा थोरै समय सम्बोधन गर्नुभएका ट्रम्पले इराक स्थित अमेरिकी अखडामा इरानी मिसाइल आक्रमणबाट अमेरिकी तथा इराकी कुनै सैनिक नमारिएको जिकिर गर्नुभएको छ। उहाँले अमेरिका दुनियाँमा सबैभन्दा बढी सैन्य ताकत भएको देश भएको जिकिर गर्दै शक्तिसम्पन्न हुनु भनेको त्यसलाई प्रयोग गर्नु नभएको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले इरान आफ्नो अडानबाट पछि हटिरहेको बताउँदै इरानको यो गतिविधिले सिङ्गो विश्वलाई सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले आफू अमेरिकाको राष्ट्रपति रहुन्जेल इरान परमाणु सम्पन्न राष्ट्र बन्न नसक्ने दावी गर्नुभयो । सम्बोधनका क्रममा ट्रम्पले ब्रिटेन, फ्रान्स, जर्मनी, रुस र चीनलाई सन २०१५ मा इरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन आग्रह समेत गर्नुभयो ।

इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीले हिजबोल्लाहलगायत अनेकौँ आतङ्कवादी समूहलाई प्रतिशक्षण दिएको ट्रम्पको आरोप थियो । उहाँले सुलेमानीले नै देशमा गृहयुद्ध मच्चाएको, अमेरिका विरुद्ध नयाँ किसिमको हमलाको योजना बनाएकोले उनको हत्या गर्नु परेको स्वीकार गर्नुभयो । सुलेमानीको हत्या इरानका लागि पनि सकारात्मक रहेको ट्रम्पको जिकिर थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -