Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:४७ बिहान
- ADVERTISEMENT -

स्थलगत काम सकियो : “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध ”

प्रकाशित मिति: २०७६ पुस २३, बुधबार

613
Shares

काठमाडौँ, २३ पौष २०७६ । नेपाल सरकारले पहिलो पटक सुरु गरेको सगरमाथा मापनको स्थलगत काम सम्पन्न भएको छ । सम्पूर्ण तथ्याङ्क प्रशोधन गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान छ । सन् २०१९ को डिसेम्बरसम्म सगरमाथाको उचाइ नै सार्वजनिक गर्ने योजनाका साथ नापी विभागले काम सुरु गरेको थियो । गत असारसम्म फिल्डको काम सक्ने तालिका रहेकोमा पुस पहिलो हप्ता मात्र फिल्डको काम सकिएको हो ।

दुई वर्षअघि बङ्गालको समुद्री सतहको बिन्दुलाई आधार मानेर सगरमाथा मापनको काम सुरु गरिएको थियो । धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर, सिन्धुली, भोजपुर, खोटाङ, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र दोलखा जिल्लामा मापनको काम गरिएको हो ।

नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले वर्षाका कारण नियमित काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । उनले भने, “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध भयो । ”

तथ्याङ्क सङ्कलन भएको कम्तीमा छ महिनाभित्र प्रशोधनको काम सकिने अनुमान गरिएको थियो । उनले सुरुदेखि तथ्याङ्क सङ्कलन र प्रशोधनको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै चाँडै काम सक्ने बताए । ग्य्राभिटी सर्भे र ट्रिगोनोमेटिक लेभलिङ विधिबाट सगरमाथा मापन गरिएको हो । हिमाली क्षेत्रमा अनुकूल मौसममा मात्र काम गर्नुपर्छ । ट्रिगोनोमेटिक लेभलिङ विधिले सगरमाथा क्षेत्रका १२ बिन्दुबाट चुचुरोसम्म पुगी मापन गरिएको थियो ।

जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी नापी विभागको टोलीले यसको मापन गरेको थियो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापन गरिएको थियो । मापन गर्न जीएनएसएस रिसिभर र जीपीआर मेसिन लगिएको थियो ।

अहिले आधिकारिक रूपमा उल्लेख गरिँदै आएको ८,८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा ८,८५० मिटर उचाइ निस्किएको थियो भने चीनको मापनमा ८,८४४ मिटर निस्किएको थियो । चीनको मापनमा हिउँ घटाएर उचाइ लिइएको तर्क गरिएको थियो ।

वि स ०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । काठमाडौँ उपत्यका औसतमा ०।९२ मिटर उचालिएको र १।४२ मिटर दक्षिण पश्चिमतर्फ सरेको निष्कर्ष निस्किएको थियो । यसपछि सगरमाथाको उचाइ पनि परिवर्तन भएको अनुमान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -