- ADVERTISEMENT -

शोकमा डुबेका इरान : आँसु, शोकमा लाखौँ तेहरानबासी सडकमा

January 8, 2020
1046
Shares
- ADVERTISEMENT -

इरान, २३ पौष २०७६ । इरानको उच्च सैन्य प्रमुख कासिम सुलेमानीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार राजधानी तेहरान पुगेको छ । आँसु, शोक र नारा लगाउँदै लाखौँ तेहरान बासी सडकमा उत्रिएका छन् ।

समाचार एजेन्सी एपीका अनुसार सो श्रद्धाञ्जली सभामा आँखाले भ्याउनेसम्म मान्छे नै मान्छे मात्रै देखिएका थिए । इरानी सरकारी टीभीले दशौं लाख आएको बताएको छ । श्रद्धाञ्जली कार्यक्रममा जम्मा भएका लाखौंको भीड रोइरहेका बेला सर्वोच्च नेता खमेनी मृतक सुलेमानीको पार्थिव शरीरअघि प्रार्थना गर्ने क्रममा सम्हालिन नसकेर रोइरहेको भिडियो फुटेज एएफपीले सार्वजनिक गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तिम श्रद्धाञ्जली दिन पुगेका लाखौँ नागरिकको आँखामा आँसु र अनुहारमा शोक देख्न सकिन्छ । इरानका सबैभन्दा शक्तिशाली मानिएका जर्नेल सुलेमानीको हत्यापछि अहिले तेहरान र वाशिंगटनबीच तनाव उत्कर्षमा पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -