Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:१५ बिहान
- ADVERTISEMENT -

प्राचीनकालमा नेपालमा लेखिएका ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वर्ल्ड रजिष्टर’मा दर्ता गरिने

प्रकाशित मिति: २०७६ पुस २३, बुधबार

956
Shares

काठमाडौं, २३ पौष २०७६ । प्राचीनकालमा नेपालमा लेखिएका कम्तीमा १०० भन्दाबढी ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वर्ल्ड रजिष्टर’मा दर्ता हुनसक्ने स्तरका भए पनि पहल हुन नसकेकामा विज्ञले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय अभिलेखालयले सोमबार (२१ पुस) काठमाडौंमा आयोजना गरेको ‘निश्वासतत्वसंहिता र प्राचीन शैव परम्परा’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस विषयमा जोड दिएका हुन् । नेपालका हालसम्म दुई ग्रन्थ ‘निश्वासतत्वसंहिता’ र ‘सुश्रुतसंहिता’ मात्र ‘मेमोरी अफ वर्ल्ड रजिष्टर’ मा दर्ता भएको छ ।

यी दुई ग्रन्थ पनि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को पहलमा दर्ता हुनसकेको अभिलेखालयका पूर्वप्रमुख प्रकाश दर्नालले बताए । सन् २०१३ जुनमा दुवै ग्रन्थ एकैपटक विश्व सम्पदामा दर्ता भएको अभिलेखालयले जनाएको छ ।

कार्यक्रममा ‘निश्वासतत्वसंहिता’ लाई ‘मेमोरी अफ वर्ल्ड रजिष्टर’ मा दर्ता गराउन लागेका डा. निराजन काफ्लेले नेपालमा प्राचीनकालमा लेखिएको मूलप्रतिको रामायण, महाभारत लगायत कम्तीमा पनि सयभन्दा बढी ग्रन्थ दर्ता हुनसक्ने खालका भए पनि कसैले पहल नगरेको जानकारी गराए ।

‘निश्वासतत्वसंहिता’ मै आधारित भएर ‘निश्वासमुखको समीक्षात्मक र ऐतिहासिक अध्ययन’ विषयमा नेदरल्याण्डको युनिभर्सिटी अफ लाइडेनबाट विद्यावारिधि उपाधि हासिल गरेका उनले नेपालमा रचना भई हाल अभिलेखालयमा सुरक्षित रहेका यी ग्रन्थलाई ‘मेमोरी अफ वर्ल्ड रजिष्टर’ मा दर्ता गराउन लाग्नुपर्ने बताए ।

सो अवसरमा अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्ग र शाखा प्रमुख कुमार श्रेष्ठले विसं २०७१ पछि सर्वोच्च अदालतलाई अभिलेखालयका ऐतिहासिक एवं पुरातात्विक सामग्री राखिएको भवन छोड्न पत्राचार गरिरहेकाले आतङ्कित भई अन्य काममा ध्यान नसकिएको उल्लेख गरे ।

ज्ञातव्य छ, विसं २०७१ मा मन्त्रिपरिषद्ले निर्णय गरी अभिलेखालयको भवन सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -