Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:०७ बिहान
- ADVERTISEMENT -

म्यानमारको राजधानी याङ्गुनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार तिब्र

प्रकाशित मिति: २०७६ पुस २२, मंगलबार

1026
Shares

काठमाडौँ, २२ पौष २०७६ । म्यानमारको राजधानी याङ्गुनमा नेपाल भ्रमण वर्ष, २०२० को प्रचारप्रसार गरिएको छ । याङ्गुनस्थित सबैभन्दा प्रसिद्ध धार्मिक स्थल स्वेडागन प्यागोडामा दीप प्रज्ज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको हो ।

म्यानमारका लागि नेपाली राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेँले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी प्रचारप्रसार गर्नुभएको थियो । उक्त कार्यक्रमा नेपाली मूलका बर्मेली र नेपालबाट म्यानमार आएर काम गरिरहेकाको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली दूतावासले नेपाल भ्रमण वर्ष २०२० लेखिएको टिसर्ट वितरण गरेको थियो ।

दीप प्रज्ज्वलनअघि राजदूत उदासले म्यानमार र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभर नै म्यानमारमा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिनुभयो । उहाँले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई जना व्यापारीलाई बुद्धले उपहारस्वरूप दिएको आफ्ना आठवटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीले गर्छन् ।

कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेँले नेपाली मूलका गोरखा सैनिकले बर्माको एकीकरणमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै म्यानमारीलाई नेपाल पठाउन सहयोग गर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -