- ADVERTISEMENT -

एकीकरण मार्ग पदयात्रा : जबरजङ्ग गणलाई पदयात्रा कार्यक्रम हस्तान्तरण

January 7, 2020
711
Shares
- ADVERTISEMENT -

चतुरा, २२ पौष २०७६ । एकीकरण मार्ग पदयात्रा कार्यक्रमअन्तर्गत देवीदत्त गण नेपाली सेनाले गोरखाबाट पुस १८ गते शुरु गरेको पदयात्रा चतुुुराले आइपुगेेेको छ । सो गणले जबरजङ्ग गणलाई पदयात्रा कार्यक्रम हस्तान्तरण गरेको छ ।

सोही पदयात्रा सामरी, कल्याणपुर, देउडी, राइसिंगे, बगुवा बजार हुँदै शुभघाट पुग्नेछ ।

- ADVERTISEMENT -

Advertisement

पृथ्वीनारायणकालीन सैन्य वस्त्र लगाएर हिँडेको सो पदयात्राका सहभागी सैनिकले बन्दूक र बाजा पनि बोकेका छन् ।

सोमबार बिहान साततले दरबारबाट हिडेको पदयात्रा ढादेफेदी हुन्दै दिउँसो चतुराले आइपुगेको र बेलुका ककनी तथा मङ्गलबार काठमाडौँ र नुवाकोटको सिमाना ओखरपौवामा संसद् गणलाई पदयात्रा हस्तान्तरण हुने गणपति उदयबहादुर लामिछानेले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -