जापन, २१ पौष २०७६ । जापानकी केन तनाका विश्वको सबैभन्दा जेष्ठ नागरिक (बृद्ध) मानिस बनेकी छिन ।
उनले विहिवार फुकुओका को नसिंङहोम मा आफन्तहरुसँग ११७ औ जन्मदिन मनाएकी छिन् । तनाकाको जन्म २ जनवरी, १९०३ मा भएको थियो । पछिल्लो बर्ष ९ मार्चमा ११६ बर्ष ६६ दिन पुरा गरे पश्चात उनको नाम सबैभन्दा बृद्ध महिलाको रुपमा गिनीज वल्र्ड रेकर्डस्मा दर्ता गरिएको थियो र प्रमाणपत्र दिइएको थियो । उनी ८ जना भाईबहिनीहरु मध्ये ७ औ नं कि हुन् ।
तनाकाको ८ जना नाती–नातिना छन् । ९ बर्षको उमेरमा तनाकाको विवाह हिदेओ तनाकासँग भएको थियो । उनको चार जना बच्चाहरु छन् ।
उनले पछि एक बच्चालाई धर्मपुत्रको रुपमा पनि पालिन । तनाकाको पति र सबैभन्दा ठुलो छोराको मुत्यु द्धितिय विश्व युद्धको दौरान भएको थियो । त्यो बेला देखी उनी एउटा पसल ब्यवसाय गरेर आफनो परिवारको गुजारा चलाउदै आएकी थिइन ।
यो भन्दा पहिला विश्वको सबैभन्दा बृद्ध जीवित ब्यक्तिको उपाधि जापान कै महिला चियो मियाको नाममा थियो, जसको मुत्यु ११७ को उमेरमा पछिल्लो बर्ष जुलाईमा निधन भएको थियो । जापानका मानिसहरु राम्रो दिनचर्याका कारण दोस्रो देशका मानिसहरुको तुलनामा कम बिरामी हुन्छन् । सबैभन्दा धेरै उमेरका बृद्धहरु भएको रेकर्ड अहिलेपनि जापानको नाममा छ ।








































