अष्ट्रेलिया,२० पौष २०७६ । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भयंकर रुप लिएको छ । न्यू साउथ वेल्स रुरल फायर सर्भिसले आगोलाई लिएर चेतावनी समेत जारी गरीसकेको छ ।
आरएफएसले सोशल मीडियामा भनेको छ कि जंगलमा लागेको आगोले नावरा नजिकै उत्तरी किनारामा आफैको मौसम प्रणाली विकसित गरेको छ ।
यो धेरै नै खतरनाक हो । गम्भिर आगोसँग जुझिरहेको न्यू साउथ वेल्सको जनसंख्या ८० लाखभन्दा कम छ जसमा लगभग ६५ प्रतिशत अधिक मानिस सिडनीमा बस्छन् ।
आगोले अहिलेसम्म १७ जनाको मुत्यु भईसकेको छ भनेलगभग ३६,००० बर्ग किलोमिटरको जमिन ध्वस्त भईसकेको छ ।
यस्तै आगलागीमा परि करिब ५० करोड भन्दा बढि वन्यजन्तु र पशुपन्क्षी मरिसकेका छन् ।








































