- ADVERTISEMENT -

गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित जराङमा “जराङ कप फुटवल प्रतियोगिता” हुने

January 4, 2020
1037
Shares
- ADVERTISEMENT -

गोरखा, १९ पौष २०७६ । जनप्रेमी युवा क्लवको आयोजनामा गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित जराङमा “जराङ कप फुटवल” २०७६ प्रतियोगिता हुने भएको छ ।

माघेसंक्रान्तिको अवसर पारेर माघ १ देखि ५ गतेसम्म जराङ कप प्रतियोगिता हुन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगिलाई नगदराशी ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रले सम्मानित गरिनेछ । त्यसैगरी, द्रितीय स्थान हासिल गर्ने प्रतियोगिलाई नगदराशी ३५ हजारसहित कप, प्रमाणपत्र र मेडलले सम्मानित गरिनेछ । त्यसैगरी, उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट गोल रक्षकलाई २ हजार, सर्वाधिक गोलकर्तालाई ट्रफी सहित नगद २ हजार नगदराशीसहित सम्मानित गरिने आयोजकाले जानकारी दिएको छ ।

प्रतियोगितामा टिम दर्ता गर्नका लागि ७ हजार बुझाउनुपर्ने क्लवका अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा सहभागी हुन माघ १ गते २ बजेसम्म दर्ता हुन पाउने छ । टाढाबाट पुगेका खेलाडीलाइ खानाको ब्यवस्था मिलाईएको प्रतियोगिताको आर्थिक उप-समिति सचिव सन्दिप बगालेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -